Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

महिलाको धारिलो हतियार प्रहार गरी हत्या

Sunday, March 5, 2017 National Power

२२ फागुन, रौतहट– रौतहटको कनकपुर,२ की एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

२५ वर्षीया सहनाज खातुनको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको हो ।

सहनाजलाई अज्ञात समूहले सुतिरहेकै स्थानमा धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएको र चुरेहिल अस्पताल मकवानपुर उपचारको क्रममा आइतबार मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । सोही स्थानमा बस्ने नसरुदिनको घरमा चोर आएको भन्ने हल्ला(खल्ला भएपछि सहनाजका श्रीमान शेख खजुर बाहिर निस्किएकेकै मौका पारी धारिलो हतियार उनीमाथि प्रहार गरेका थिए ।

तर चोर फेला नपरेपछि उनी आफ्नो घरभित्र पस्ने क्रममा ढोकाको छेउँमा लुकेर बसेको अपरिचित एक जना व्यक्तिले शेखको टाउकोमा धारिलो हतियार प्रहार गरेको थियो । उनी मध्यम घाइते बनाएको र निजको श्रीमती सहनाज खातुनलाई सुतिरहेको स्थानमा टाउकोमा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।