Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

होली पर्वको आपचारिक रुपमा शुरु

Sunday, March 5, 2017 National Power

२२ फागुन, काठमाडौं–काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आइतबार बिहान रंगी विरंगी कपडाहरु बाँधिएको तीन तले चीर ठड्याएपछि देशभर होली पर्व सुरु भएको छ ।रंगहरुको पर्व होली आइतबारबाट औपचारिक रुपमा सुरु भएको हो ।

बिहान ८ बजेर १५ मिनेटको शुभ साइतमा नै सप्तरंगी चीर ठड्याइएको छ । त्यस अवसरमा नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो । चीर ठड्या
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुण्ड्याइएको बाँसको तीन तले चीर ठड्याएपछि मुलुकभर होली सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने गरिन्छ । यस वर्ष पहाडी जिल्लाहरुमा फागुन २९ गते र तराई(मधेसका जिल्लाहरुमा फागुन ३० गते होली पर्व परेको छ । सो दिन सरकारले सार्बजनिक विदा दिएको छ । भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न प्रयास गर्ने होलिकाको मृत्यु भएको खुशीयालीमा एकअर्कामा रंग अबिर लगाएर होली खेल्ने चलन सुरु भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।