नेपालगन्ज, १९ फागुन । चौथो संस्करणको यहाँ सञ्चालित प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको उपाधि भारतको रेल्वे टोलीको पक्षमा गएको छ ।
प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भारतको रेल्वेले नेपालको सशस्त्र प्रहरीलाई सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।