Thursday 26th May 2022

    सरकारले लिम्पियाधुरा फिर्ता ल्याउन नसकेर कायरता प्रदर्शन गरेको छ : ओली    काँग्रेसले आफ्नो पहिचान गुमाएको छ : ओली    केपी शर्मा ओलीको झण्डै तीन घण्टा संसदलाई सम्बोधन    यी हुन् डिएसए स्टार र ट्यालेन्ट स्टार नेपालका विजेता    १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल मा नेपाली चलचित्र कुईनेटो सहित १५ देशका २६ फिल्म चयन

स्ववियु चुनाव हारेपछि आत्महत्या

Thursday, March 2, 2017 National Power

१९ फागुन, काठमाडौं -स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या गरेकी छन् ।

फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा अध्ययरत २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् । बुधबार भएको स्ववियु चुनावमा उनी अध्यक्षकी उम्मेदवार थिइन् । तर, पराजित भइन् ।
उनले फेदीखोला ९ डाँडागाउँस्थित आफ्नै घरमा आत्महत्या गरेकी छन् । टिनले छाएको घरको माथिल्लो तलामा उनले सलले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी इन्स्पेक्टर सुनिल प्रधानका अनुसार उनको सुसाइड नोट पनि भेटिएको छ । र, त्यसमा आफ्नो मर्ने मन नभएपनि चुनावी हारका कारण आत्महत्या गरेको उल्लेख गरेकी छन् ।