Tuesday 16th April 2024

    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक    चेतन कार्की र निशा स्मृति पुरस्कार बैशाख १३ गते प्रदान गरिने    नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपालमा

बार्सिलोनाको जित

Thursday, March 2, 2017 National Power

१९ फागुन काठमाण्डौं— हिजो राति घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा गिजोनलाई बार्सिलोनाले ६ गोलले जित हात पारी स्पेनिस ला लिगा फुटबलको र्शीष स्थानमा पुगेको छ । उक्त खेलमा बार्सिलोनाले ९ मिनेटमा नै पहिलो गोल लिओनल मेस्सीले प्रारम्भ गरेको दुई मिनेट पछि लुईस स्वरेजले गोल गरेका थिए । खेलको पहिलो चरणको २१ मिनेटमा गिजोनका कास्ट्रोले गोल गरेर टोलीलाई अगाडि बढाउनमा उत्प्रेरित गरेका थिए । २७ औ मिनेटमा स्वरेजले फेरि एक गोल थपे पछि खेलको हाफमा नै बार्सिलोना ३—१ गोलले अगाडि भएको हो । दोस्रो खेलमा पाको अलासर, नेयमार, राकिटिकले एक एक गोल गरि गिजोन लाई ६—१ ले हराएका थिए । बार्सिलोनाले गिजोनलाई हराउदै ला लिगाको र्शीष स्थानमा पुगेको छ । भने यो लगाएतका खेलबाट ५७ अंक ल्याएको छ । रियल मड्रिड ५६ अंकले दोस्रो स्थानमा छ तर उसले एक खेल कम खेलेको छ ।