Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

धर्मपुत्री बालिकाको शंकास्पद मुत्यु

Wednesday, March 1, 2017 National Power

 

१८,फागुन,धरान–गत सोमबार एक धर्मपुत्रीको रुपमा राखिएको बालिकाको शंकास्पद मुत्यु भएको छ । धरान १६ पुण्यमार्गमा १० बर्ष पहिला देखि धर्मपुत्रीको रुपमा बलिमान राई र उनकी श्रीमती पदमकुमारीले पाल्दै आएका अनुषा राईको मुत्यु भएको हो ।
१३ बर्षिया किशोरीले घरमा राखेको धानमा लाग्ने किरामार्ने विषादी खाएर मुत्यु भएको र राई परिवारले बताएको छ ।सोहि घरमा राई परिवार र किशोरी बस्दै आएका थिए भने उनी कक्षा ३ मा सियोन स्कुलमा पढ्थिन् । राई परिवारको दुई वटा छोरा घरबाहिर बस्दै आएका छन् । स्थानीयले किशोरीलाई बेला बेलामा याताना दिने गरेको र उनको मुत्यु शंकास्पद भएको भन्दै राई परिवारको घर तोडफोड गरेका छन् ।