Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

धर्मपुत्री बालिकाको शंकास्पद मुत्यु

Wednesday, March 1, 2017 National Power

 

१८,फागुन,धरान–गत सोमबार एक धर्मपुत्रीको रुपमा राखिएको बालिकाको शंकास्पद मुत्यु भएको छ । धरान १६ पुण्यमार्गमा १० बर्ष पहिला देखि धर्मपुत्रीको रुपमा बलिमान राई र उनकी श्रीमती पदमकुमारीले पाल्दै आएका अनुषा राईको मुत्यु भएको हो ।
१३ बर्षिया किशोरीले घरमा राखेको धानमा लाग्ने किरामार्ने विषादी खाएर मुत्यु भएको र राई परिवारले बताएको छ ।सोहि घरमा राई परिवार र किशोरी बस्दै आएका थिए भने उनी कक्षा ३ मा सियोन स्कुलमा पढ्थिन् । राई परिवारको दुई वटा छोरा घरबाहिर बस्दै आएका छन् । स्थानीयले किशोरीलाई बेला बेलामा याताना दिने गरेको र उनको मुत्यु शंकास्पद भएको भन्दै राई परिवारको घर तोडफोड गरेका छन् ।