११ फागुन, काठमाडौं – नेपाल प्रहरीको आइजीपी नियुक्तिबारेको विवाद सर्वोच्च अदालतले आज सुनुुवाई हुँदैछ । गत फागुन ८ मा सुनुवाई हुन नसकेपछि आजका लागि सरेको थियो ।
गत आइतबार नै चन्दलाई मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेपछि अधिवक्ता ढकालले पुनः इजलासमा पूरक निवेदन दिएका थिए । तर, त्यसका बारेमा महान्यायाधिवक्ता कार्यालयलाई जानकारी नभएको हुँदा बुधवार लागि सुनुवाइ सरेको हो ।
निवेदनमा प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत चन्दलाई महानिरीक्षकमा नियुुक्त गरेको जनाउँदै सो नियुक्ति बदर गर्न माग गरिएको थियो ।
सर्वोच्चका न्यायाधीश इश्वर खतिवडा र हरिकृष्ण कार्कीको इजलाशमा परेको मुद्दाको बहसका क्रममा महान्यायाधीवक्ता रमण श्रेष्ठले अधिवक्ता ढकालले पेश गरेको पूरक रिट आफूलाई पा्रप्त नभएको र त्यो आफूलाई पा्रप्त नभएसम्म रिट अघि बढ्न नसक्ने बताएपछि बुधवारसम्मको लागि रिटको सुनुवाई सरेको थियो ।