Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौमा चितुवा

Tuesday, February 21, 2017 National Power


१० फागुन,काठमाण्डौ- सोमबार रातिदेखि राजधानीको मनहरा हाईटस्थित एक चितुवा रुखमा देखिएको छ । अन्दाजी ६ मिटर लम्बाई भयको चितुवा नियन्त्रणमा लिनका लागि वन विभागका कर्मचारी र राष्ट्रिय चिडियाखानाका प्रतिनिधीहरुको मंगलबार बिहादेखि नै उपस्थित भएका छन् ।

नियन्त्रणमा लिने प्रयास भईरहेका छ । कुनै मानविय दुर्घटना हुन नदिनका लागि नेपाल प्रहरीको टोली समेत उपस्थित भएका छन् । चितुवा रुखको धेरै उचाईमा गएर बसेको छ । मनाहरास्थित बढ्दो मानव बस्ती बढ्दै गएका कारण पनि जंगली जानावरहरुको वासस्थानमा समस्या देखा परेको र साही कारणले चितुवा यो अवथामा आएको एक प्रहरी जवानले बताएका छन् ।

रुखमा रहेको चितुवालाई अझै नियन्त्रणमा लिन सकिएको छैन । उक्त क्षेत्रका वासिन्दाहरु निकै त्रासित देखिएका छन् । वन विभागले वासिन्दाहरु त्रासित नहुन आग्रह गरेको छ ।

  • मुकुन्द प्रसाद मैनाली