Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

डा. लाेहनी पछि हटे, अब प्रदिप विक्रम राणा कमल थापासंग प्रतिष्पर्धा गर्दै

Sunday, February 19, 2017 National Power

८ फागुन, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि काठमाडौँ क्षेत्र नं ७ का अध्यक्ष प्रदिप विक्रम राणले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

यस अघि वरिष्ठ नेता डा. प्रकाशचन्द्र लाेहनीले अध्यक्षमा उम्मेदवारी दिने बताइए पनि उनी भने मैदानबाट पछि हटेका छन् । अब राप्रपामा अध्यक्षकाे लागि राणा र कमल थापा वीच प्रतिष्पर्धा हुने भएकाे छ । राणा लाेहनी निकट मानिन्छन् ।

राणाकाे समर्थनमा रहेका महामन्त्रीद्वय जय कुमार खड्का र राजेन्द्र श्रेष्ठ पनि डा. लाेहनी निकटकै हुन् ।

रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा उम्मेदवारीको घाषणा गरेपछि राणा महाधिवेशन स्थल पुगी अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।