८ फागुन, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि काठमाडौँ क्षेत्र नं ७ का अध्यक्ष प्रदिप विक्रम राणले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
यस अघि वरिष्ठ नेता डा. प्रकाशचन्द्र लाेहनीले अध्यक्षमा उम्मेदवारी दिने बताइए पनि उनी भने मैदानबाट पछि हटेका छन् । अब राप्रपामा अध्यक्षकाे लागि राणा र कमल थापा वीच प्रतिष्पर्धा हुने भएकाे छ । राणा लाेहनी निकट मानिन्छन् ।
राणाकाे समर्थनमा रहेका महामन्त्रीद्वय जय कुमार खड्का र राजेन्द्र श्रेष्ठ पनि डा. लाेहनी निकटकै हुन् ।
रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा उम्मेदवारीको घाषणा गरेपछि राणा महाधिवेशन स्थल पुगी अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।