Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

दुइ चरणमा स्थानीय तहकाे निर्वाचन गर्न अायाेगकाे अाग्रह

Wednesday, February 15, 2017 National Power

४ फागुन, काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकारलाई आग्रह गरेको छ । अाज प्रधानमन्त्री पुष्पकमल दाहल संग भएकाे भेटमा निर्वाचन अायाेगका प्रमख अयाेधिप्रसाद यादवले साे प्रस्ताव गरेका हुन् । बालुवाटारमा भएको भेटमा प्रचण्डले केही दिनमा नै मिति घोषणा गर्ने तयारी तयारी तीव्र पार्न भनेका छन् ।

प्रमुख आयुक्त यादवले भने आयोगले कम्तिमा पनि दुई चरणमा निर्वाचन गर्ने गरी तयारी थालेको भन्दै त्यसअनुसार नै मिति घोषणा गर्न सुझाव दिए । छोटो समयमा चुनाव गर्नुपर्ने र स्थानीय तह पूर्ण कार्यान्वयनमा नआइसकेको अवस्थामा कम्तिमा पनि दुई चरणमा मतदान गर्नुपर्ने बताए ।

स्रोतका अनुसार निर्वाचन आयोगले सरकार सामु आगामी जेठ १ र २१ गतेको मिति प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड केही दिनमा नै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारीमा छन् । प्रमुख तीन दलबीच भएका पछिल्ला छलफलहरुमा जेठमा चुनाव गर्ने गरी ७ वा ८ गतेभित्र मिति घोषणा गर्ने सहमति भएको छ ।

तर, मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडान लिँदै आएको छ ।

सरकारले मोर्चाको माग सम्बोधनका लागि भन्दै संविधान संशोधन विधेयक संसदमा दर्ता पनि गरेको छ । तर, एमालेका साथै सत्तारुढ राप्रपाले समेत विरोध गरेका कारण दुई तिहाई नपुग्ने भएपछि विधेयक अघि बढेको छैन ।