Saturday 3rd December 2022

    चौथों नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०७९ आयोजना हुँदै    सिक्किमका स्रष्टा शर्मालाई मिलाप सम्मान    पहिलो मुस्लिम नायिका सानियाको जन्मदिन    साधारणसदस्य लाई २० प्रतिशात बोनस प्रदान गर्दै गरिमा बचत    निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

Saturday, February 11, 2017 National Power

२९ माघ, रुकुम, रुकुममा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 


मृत्यु हुनेमा रा १ त १०८२ नं को ट्र्याक्टरका चालक दाङ धनौली गाविसका ४४ वर्षीय सुकराम चौधरी रहेको प्रहरीेले जनाएको छ । मुसिकोट नगरपालिका–५ सोलवाङबाट सिमेन्ट लिएर राडी बजार जाँदै गरेको ट्र्याक्टर मग्मा–५ बास्तालामा दुर्घटनाग्रस्त भएको प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिनुभयो ।

ट्र्याक्टर सडकबाट एक सय मिटर तल खसेको र ७० बोरा सिमेन्ट पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो । चौधरीको शव परीक्षणका लागि  जिल्ला अस्पताल ल्याइएको छ ।