Friday 26th April 2024

    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण    नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक    यूएईमा राष्ट्रिय लोक सांस्कृतिक संघको साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न

कम्युनिष्ट नेताकाे राजावादी अभियान

Friday, February 10, 2017 National Power

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्र मानिन्छ, झापा । २०२८ सालमा यहीँबाट भएको विद्रोहलाई ‘झापा विद्रोह’का नामले    चिनिन्छ । झापाको यही विद्रोहको अगुवाई गर्दै ‘शस्त्र’ उठाउने पहिलो व्यक्ति थिए– कमरेड मोहनचन्द्र अधिकारी । २०१३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका अधिकारीको अगुवाईमा २०२८ सालमा चलेको ‘शत्रु सफाया’ आन्दोलनले कैयनको सफाइ नै गरेको थियो ।

कम्युनिष्ट आन्दोलनमा लागेको र व्यक्तिहत्या गरेको आरोपमा अधिकारीले १६ वर्ष ९ महिना जेल मै गुजार्नु परेको थियो । यति लामो समयसम्म कम्युनिष्ट विचार र दर्शन बोकेर जेल जीवन बिताएकाले उनलाई नेपाली नेल्सन मन्डेला समेत भनिन्छ । तर, जीवनभर निडरतापूर्वक कम्युनिष्ट विचार र दर्शनको परख गरेका अधिकारी राजनीति सम्भावनाको खेल हो भन्ने भनाइलाई चरितार्थ गर्दै विस्तारै कम्युनिष्ट विचार र दर्शनप्रतिबाट पछि हट्दै जान थालेका छन् । पछिल्लो समय उनको हिमचिम कम्युनिष्ट पार्टीसंग भन्दा कम्युनिष्ट इतरका शक्ति राजावादीसंग हुन थालेको     छ ।

स्रोतका अनुसार, अधिकारी यतिबेला राजतन्त्र र हिन्दू राज्यको वकालत गर्दै आएका शक्तिहरूसंग मिलेर अघि बढ्ने सोचमा पुगेका छन् । हिन्दू राष्ट्रको अभियानमा केही अघिदेखि खुलेका अधिकारीले यही सोच अनुरुप संवाद नै अघि बढाइसकेको बताइन्छ । प्राप्त समाचार अनुसार, राजतन्त्र र हिन्दू राज्यको एजेण्डा कमल थापाले त्यागेपछि यसलाई बोक्दै आइरहेको केशरबहादुर विष्ट समूहसंग उनको फाइनल कुराकानी नै भइसकेको छ । स्रोतका अनुसार, अधिकारी केशरबहादुर विष्टले सञ्चालन गर्दै आइरहेको राष्ट्रवादी अभियानमा लाग्ने पक्कापक्की भएको छ र त्यसका लागि २०७३ माघ २७ गते हिरा पार्टी प्यालेस, बानेश्वरमा एक कार्यक्रम नै तय भएको छ । ‘झापा आन्दोलनका नायक मोहनचन्द्र अधिकारी केशरबहादुर विष्टले राजतन्त्र र हिन्दू राष्ट्रको वकालत गर्दै सञ्चालन गर्दै आइरहेको राष्ट्रवादी अभियानमा जोडिने भएका छन्,’ स्रोतले भन्यो । स्रोतका अनुसार, अधिकारीसंगै कांग्रेसका कर्नरमा परेका नेताहरू पनि केशरबहादुरको अभियानमा जोडिन लागेका    छन् । प्रकाश कोइरालालगायतका नेता विष्टको अभियानमा जोडिन लागेको बताइन्छ ।