Monday 2nd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

ढुंगेललाइ पक्राउ गर्न प्रहरीलाइ सर्वाेच्चकाे ताकेता

Friday, February 10, 2017 National Power

२८ माघ, काठमाडौं – हत्या अभियाेगमा सर्वाेच्च अदालतबाट सर्वश्व सहित जन्मकैदकाे सजाय पाएका माअाेवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाइ सर्वोच्च अदालतअर्न्तगत रहेेको फैसला कार्यान्वयन निर्देशनालयले पक्राउ गर्न  प्रहरीलाई ताकेता गरेको छ। निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई ढुंगेललाई किन पक्राउ नगरिएको भन्दै माघ २३ गते दोस्रो पटक तीन पृष्ठको पत्र लेखेको हो।  यसअघि पुुस महिनामा  सर्वोच्चको फैसला कार्यान्वयनमा किन सहयोग नभएको भन्दै प्रहरीलाई पत्र लेखिएको थियो। जवाफमा प्रहरी प्रधान कार्यालयबाट ढुंगेल फरार भएको पत्र पठाइएको थियो।

ओखलढुंगाका व्यापारी उज्जन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष, पाँच महिना २२ दिन कैद भुक्तान गर्न बाँकी ढुंगेललाई प्रहरी प्रशासनले ‘फरार’ भने पनि उनलाई सर्वसाधारणले भने सार्वजनिक ठाउँमा देख्दै आएको पत्रमा लेखिएको  छ।

निर्देशनालयले पछिल्लोपटक  प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै फैसला कार्यान्यवनमा असहयोग भएको जनाएको छ।   गृहमन्त्रालय कानुन तथा फैसला कार्यान्वयन शाखालाई बोधार्थ दिइएको पत्रमा संविधानको धारा १२६ (२) अनुसार गर्न/गराउन अनुरोध गरिएको छ।

निर्देशनालयले फैसला कार्यान्वयनमा ढिलाइ गरे संविधानको धारा १२८ अनुसार अदालतको अवहेलना प्रक्रिया अघि बढाउने चेतावनीसमेत पत्रमार्फत दिएको छ। निर्देशनालयको २०७३ पुस ७ गते चलानी नम्बर ३८७ रहेको पत्रको जवाफ पुस १३ गते दिँदै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई पक्राउ गर्ने प्रयास भइरहेको र देशभरका प्रहरी इकाइमा पत्राचार गरेको जानकारी दिएको थियो। पछिल्लो पत्रमा निर्देशनालयले फैसला अनेक बहानामा कार्यान्वयन नहुने हो भने अदालतको उपस्थिति र न्यायिक प्रक्रियाको औचित्य नहुने भनेको छ।