Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

त्रिचन्द्रमा स्ववियु चुनाव लाग्यो, प्रमुख पदमा दर्जन भन्दा बढीको दावेदारी

Thursday, February 9, 2017 National Power

२७ माघ, काठमाडौँ.–ने.वि.संघको नर्सरी मानिने त्रि-चन्द्र क्याम्पसमा आगामी फाल्गुन १४ गते हुने स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हदबन्दि लागे संगै नयाँ पुस्ताका बिद्यार्थीहरुले मौका पाउने भएका छन् ।

नेविसंघबाट स्ववियु सभापतिको दावेदारमा बिरेन्द्र गिरि, नारायण पाण्डे, केशर जंग बम, निलाम्बर रेग्मी,भानुभक्त जोशी, बसन्त राज भाट लगायतको प्रतिष्पर्धा हुने भएको छ र सचिवमा सुवास अधिकारी, सुदर्शन पनेरु, गणेश ढकाल लगायतको दावेदार देखिन्छ । यी मध्ये कसले बाजी मार्छ हेर्न बाँकी नै छ ।

यसै गरि अखिलबाट संगम अर्याल, संजिव धिताल, सन्दिप पोख्रेल, बिरेन्द्र रावल लगायतको दवेआरि छ । यसै संगै अरु बिद्यार्थी संगठनका नेताहरु पनि त्रि- चन्द्रमा लागि परेका छन् ।