Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दिगाे विकासका लागि सुचना प्रविधिकाे उपयाेग गर्नु पर्छ – मन्त्री कार्की

Wednesday, February 8, 2017 National Power

काठमाडौँ, २६ माघ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दिगो विकासका लागि सूचना तथा प्रविधिलाई अधिकतम उपभोग गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा ग्लोवल आइसिटी कम्पनी हुवावेको आर्थिक एवम् प्राविधिक सहयोगमा  आयोजित ‘नेपाल ब्रोडब्यान्ड फोरम–२०१७’ आज यहाँ उद्घाटन गर्दै मन्त्री कार्कीले सूचना तथा सञ्चारका प्रविधिलाई ग्रामीण क्षेत्रमा अधिकतम उपयोगको वातावरण बनाउन आवश्यक भएको बताए।

“सबै विकासका आयोजनासित सूचना प्रविधिलाई जोड्न सके ग्रामीण क्षेत्रको आर्थिक एवम् सामाजिक उन्नति हुनेछ, अन्ततः यसले दिगो विकासमा समेत सहयोग पु¥याउने छ” उनले भने ।

सञ्चारका प्रविधि सहरी क्षेत्रमा केन्द्रित हुँदा सहरी र ग्रामीण क्षेत्र बीच खाडल रहेको चर्चा गर्दै उनले यसलाई न्युनिकरण गर्न ग्रामीण क्षेत्रमा प्रविधिको विस्तार गर्न आवश्यक भएकाे बताए ।

प्राधिकरणअन्तर्गत रहेको ग्रामीण दूरसञ्चार कोषलाई अधिकतम रूपमा उपयोग गर्दै भ्वाइस, भिडियो, डाटासहितको ब्रोडब्यान्ड ग्रामीण क्षेत्रमा विस्तार गरी इ–शिक्षा, इ–स्वास्थ्यजस्ता पूर्वाधारको विकास गर्ने नीति सरकारको रहेको जानकारी समेत उनले दिए ।