Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

२ करोड ऋण लगेपछी भारतको रेल्वे ट्रयाकमा बिस्फोट

Tuesday, February 7, 2017 National Power

माघ २५, काठमाडौँ – गएको नोभेम्बर २० मा भारतको कानपुर स्थित पुखरायमा रेल्वे ट्रयाकमा विस्फोट भयो । विस्फोटमा परि १५१ जना भन्दा बढीको ज्यान गएको थियो । केही समयमा नै उक्त्त विस्फोटमा नेपालीको हात रहेको भन्दै भारतीय संचारमाध्यमले समाचार सम्प्रेषण गरेको थियो । यस पछि भारतीय र नेपाल प्रहरीले घटनाको कनेक्सन खोतल्न सुरु ग¥यो । र अन्ततः उक्त घटनामा पाकिस्तानी खुपिया एजेन्सीसंग साँठगाँठ रहेका भनिएका व्यक्तिको संmग्नता रहेको भन्दै काठमाडौँबाट समसुल होदालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सभाषद्को उम्मेद्वार थिए रहेका होदा बारामा हुन । चुनावको बेला दुई करोड रुपैयाँ ऋण लागेपछि उनी आतंकारी गतिविधिमा संलग्न भएको पुष्टि भएको छ ।
त्यहि क्रममा खुल्यो, नेपालमा आइएसआइको एजेन्टका रुपमा काम गर्दै आएका बाराको कलैया घर भएका सम्शुल होदाकै निर्देशनमा दिपक र अरुणको हत्या भएको खुल्यो । विगत लामो समयदेखी दुवई बस्दै आएका होदाले नेपालमा आइएसआइको एजेन्टको रुपमा काम गर्दै आएको खुलेपछी नेपाल र भारतका प्रहरी उनको खोजिमा लागे ।
जाली नोटको कारोवार गर्दागर्दै दुबईको आपराधिक गिरोसँग भेटेका होदाले केही भारतीय र नेपाली युवाहरु प्रयोग गरेर नेपाल भारत सिमानको रेल्वे ट्रयाकमा बम राख्न लगाएका थिए ।
काम नभएपछि दिपक र अरुणलाइ बाराको जंगलमा बोलाएर बृज किशोर गिरीले कलैया नगरपालिका वडा नम्बर १० रंगपुरका मोजाहिदिन अन्सारी र शम्भु भन्ने लड्डुको सहयोगमा घाँटी रेटेर हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । हत्यामा संलग्न गिरी, अन्सारी र लड्डुलाइ नेपाल प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गिरीलाइ नेपाल प्रहरी र विशेष ब्युरोको टोलीले पुष १५ गते पर्साको बिजबनिया गाविस वडा नम्बर ७ गढैया टोलबाट गोली हानेर पक्राउ गरेको थियो ।