Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सांसदहरूलाइ चाहियाे थप गाडी

Tuesday, February 7, 2017 National Power


२५ माघ, काठमाडौं – व्यवस्थापिका संसद सचिवालयले २० ओटा उपलव्ध गराउन सरकारलाई ताकेता गरेको छ । विभिन्न दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरु चढ्ने गाडी नभएको भन्दै संसदले गाडी मागेको हो ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ मा व्यवस्था भए अनुसार संसदका पदाधिकारीहरु मानिएका व्यक्तिलाई गाडी चाहिएकाले माग गरिएको संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । उनले भने, ‘ऐनमै फलानो फलानोले गाडी सुविधा पाउनेछन् भनेर उल्लेख भएपछि हामीले व्यवस्था गर्नैपर्छ ।’

उनका अनुसार सचिवालयले तत्कालै केही गाडी उपलब्ध गराउनुपर्ने भएको छ । संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका प्रमुख सचेतक बृजेशकुमार गुप्ता र एमालेका सचेतक गोकुल घर्तीका लागि गाडी व्यवस्था गर्न सचिवालयले सकेको छैन ।

संसदले हालै पारित गरेको ऐनमा १० सिट भन्दामाथि सांसद संख्या रहेका दलका प्रमुख सचेतक र प्रमुख विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकलाई गाडी सविधा दिने व्यवस्था छ । हाल १० भन्दा बढी सांसद रहेका दलहरुको संख्या राप्रपा एकीकरणपछि एउटा घटेको हो ।

कांग्रेस, एमाले, माओवादी, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र तराई मधेस लोकतान्त्रिक पार्टीका प्रमुख सचेतकहरु ग्ााडी सुविधा पाउनेमा पर्छन् ।

त्यस्तै लेखा समितिका नयाँ सभापति डोरप्रसाद उपाध्यायलाई पनि गाडी छैन । संसद सचिवालयले लेखासँगै संविधान कार्यन्वयन, महाअभियोग सिफारिस र विशेष अधिकार समितिका सभापतिका लागि समेत गाडी माग गरेको छ ।

महाअभियोग सिफारिस समितिले सभापति चयन गरेको छैन भने अन्य दुई समिति भने गठननै भएका छैनन् ।

संसद सचिवालयमा थपिएका दुई सहसचिवका लागि पनि गाडी खोजी भइरहेको सचिवालय स्रोतले जनाएको छ । यसका लागि भन्सार विभागमा वैकल्पिक व्यवस्थाका लागि पनि निरन्तर प्रयास भइरहेको एक अधिकारीले बताए । भन्सारले समातेर राखेका गाडी सचिवालयले लिन खोजेको हो ।

सचिवालय स्रोतका अनुसार २० ओटा गाडी व्यवस्था गर्न अर्थ मन्त्रालयलाई गत कात्तिक १ गते पत्राचार गरिए पनि कुनै प्रक्रिया अघि बढेको छैन । यसबीचमा मंसिर २३ गते थप २० थान गाडी उपलव्ध गराउने व्यवस्था गर्न कानुन मन्त्रालयलाई पत्राचार गरिएको थियो ।

अब सचिवालयले मागे बमोजिम २० ओटा नयाँ गाडी किन्न कम्तिमा ८ करोड लाग्ने अनुमान छ । औषत ४० लाखका गाडी किन्दा सो रकम चाहिने अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।

हाल सचिवालयमा १०५ ओटा गाडी छन्, जसमध्ये २२ ओटा लिलाम प्रक्रियामा छन् । अधिकांश गाडी ८ वर्ष पूराना रहेकाले मर्मतमै प्रति गाडी मासिक २५ हजार खर्च भइरहेको छ ।

संसदका बिभिन्न दलका नेता, प्रमुख सचेतक र सभापतिहरुले २६ ओटा गाडी प्रयोग गरिरहेका छन् । थप ८ पदाधिकारीका लागि गाडी आवश्यक परेको छ ।

सचिवालयका महासचिव सहितका पदाधिकारीहरुका लागि १७ ओटा गाडी प्रयोगमा छन् ।