Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सिधै युराेप उडान गर्ने याेजनामा निगम

Monday, February 6, 2017 National Power

२४ माघ, काठमाडौं– नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले अमेरिकी कम्पनी एएआरसँग आगामी मार्चभित्र जहाज खरिद सम्झौता हुने जानकारी दिएका छन् ।
निगमले गत नोभेम्बरमा दुईओटा वाइड बडी जहाज खरिदका लागि टेन्डर आह्वान गर्दा अमेरिकी कम्पनी एएआर छनोटमा परेको थियो ।
जहाज खरिदका सन्दर्भमा विभिन्न टिकाटिप्पणी भएपछि त्यसलाई प्रष्ट पार्ने उद्देश्यका साथ सोमबार राजधानीको होटल र्याडिसनमा आयोजित पत्रकार सम्मेलनमा कंसाकारले आफूहरुले खरिद गर्न चाहेको भन्दा पनि गुणस्तरीय विमान पाएको दाबी गरे ।
‘एक हजार घण्टा उडिसकेको विमान किन्ने भनेर हामीले टेन्डर आह्वान गरेका थियौं, तर पशुपतिनाथले साथ दिएर सस्तो मै नयाँ ब्राण्डको जहाज पाइने भइयो ।’
निगमले किन्न लागेको एयरबसको ए ३३०–२०० दुई वाइट बडी जहाज एएआर कम्पनीसँग पोर्चुगिच एरलाइन्सले किन्नको लागि सम्झौता गरेको तर अन्तिममा नकिनेपछि सोहि जहाज आफूहरुलेसस्तैमा भाग्यले पाएको उनको भनाई छ । सो विमान अहिले एयरबसको क्याक्ट्रीमा बन्ने क्रममा रहेको उनले जानकारी दिए ।
निगमले खोलेको अन्तराष्ट्रिय टेन्डरमा विभिन्न ११ कम्पनीले आशयपत्र दर्ता गरेको तर ति मध्ये ९ कम्पनीले अयोग्य ठहरिएका थिए । ति ९ कम्पनीले अयोग्य ठहरिएको झोँकमा गलत प्रचार गराएको कंसाकारको दाबी छ ।
उनले भने, ‘खरिदमा कुनै अनियमितता भएको छैन, बायुसेवा निगमको विनियमको दफा र सार्वजनिक खरिद ऐनलाई फलो गरेका छौं ।’
२७ जनवरी २०१७ मा निगम र एएआर कम्पनीबची प्रारम्भिक सम्झौता भइसकेको र आगामी मार्चमा अन्तिम खरिद सम्झौता हुने उनले बताए ।
उनले नयाँ वाइड बडी जहाज भित्रिएसँगै निगमले डाइरेक्ड युरोपियन देशहरुमा उडान भर्न सक्ने बताए । उनले भने, ‘ पर्यटन ल्याउने हो भने निगम विकसित देशमा जानुपर्छ । काठमाडौं महंगो हवाई गन्तब्य भइरहेका धेरैलाई थाहा छैन ।’
उनले आफूहरुको टार्गेट काठमाडौं –जापान डाइरेक्ट उडान गर्ने समेत भएको बताए । अहिले निगमसँग भएको बोइङ पुराना भएकोले एउटा विमान एक सातामै लिलाम गरिने भन्दै उनले लिलाम पछि वाइड बडी नै चल्ने बताए । यस्तै उनले निगमको बोइङ अर्को विमानपनि सन् २०१८ सम्ममा लिलाम हुने बताए ।

एयर बससँग किन सिधै जहाज नकिनेको भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘हामीले एयरबससँग नै किन्न चाहेका हौं तर उसले अर्डर २०२० सम्मलाई प्याक भएको बतायो हामीलाई चाँडै चाहिएको भएर एएआरलाई राज्नुपर्यो ।’
उनले निगमले आन्तरिक उडानलाई पनि सुदृढ बनाउन प्रभावकारी काम गर्ने समेत सो क्रममा बताए ।