Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

उच्च अदालतकाे न्यायधिष् छान्नकाे लागि न्यायपरिषद् बस्दै

Monday, February 6, 2017 National Power

 २४ माघ, काठमाडौं – न्याय परिषद बैठक बस्ने तयारी भइरहेका बेला उच्च अदालतका मुख्य न्यायाधीशका एक प्रतिस्पर्धी प्रधानन्यायाधीशका पतिको उपचार गराउन बैंककतर्फ लागेका छन् ।

५ नम्बर उच्च अदालतका न्यायाधीश डा. कुलरत्न भुर्तेल प्रधानन्यायाधीश सुशीला कार्कीका पति दुर्गा सुवेदीको उपचारका लागि आइतबार बैंकक उडेका हुन् ।

तर सुवेदीसँग भुर्तेल पनि वैंकक जानु चाहिँ संयोगमात्र बनेको भुर्तेल निकट स्रोतले जनाएको छ ।प्रधानन्यायाधीश कार्कीको व्यवसायिक जीवनमा कहिल्यै दबाव नदिने स्वभावका सुवेदीलाई न्यायाधीश भुर्तेलले उपचारको जाँजोपाँजो मिलाएको स्रोतले जनाएको छ ।

हाल ५ नम्बर प्रदेशको उच्च अदालत अन्तर्गत नेपालगन्ज इजलासका एक नम्बर न्यायाधीश भुर्तेल कानुन सचिव रहेकै बेला पुनरावेदन अदालतको न्यायाधीश बनेका थिए । भुर्तेल वैंकक लागेपछि मुख्य न्यायाधीशका प्रतिस्पर्धीहरुबीच खैलाबैला मच्चिएको छ ।

यसैबीच उच्च अदालतका मुख्य न्यायाधीश सिफारिस गर्न न्याय परिषद बैठक आजै अपरान्ह बस्दैछ । १ नम्बर र ४ उच्च अदालतका मुख्य न्यायाधीश जितबहादुर केसी र पुरुषोत्तम भण्डारी सर्बोच्च अदालतको न्यायाधीश भएपछि हाल दुई मुख्य न्यायाधीश खाली छन् ।

त्यस्तै सर्वोच्च अदालतमा पनि वैद्यनाथ उपाध्याय अवकाश भएपछि एक न्यायाधीश खाली छ । गोपाल पराजुली बरिष्ठताका आधारमा न्याय परिषद सदस्य भएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

पराजुलीले आफ्नो उमेर कायम गरि पाउँ भनी दिएको निवेदन पनि न्याय परिषदमै छ ।