Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मधेशी माेर्चासंग छलफल गर्दै काँग्रेस

Sunday, February 5, 2017 National Power

२३ माघ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्दैछन्

आइतबार देउवाले मार्चाका नेताहरुलाई छलफलका लागि आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका छन् ।

पहिला संविधान संशोधन कि निर्वाचन भन्ने विषयमा दलहरुबीच विवाद बढिरहेका बेला देउवाले मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

देउवाले आज दिउँसो तीन बजे मोर्चाका नेताहरुलाई बुढानिलकण्ठमा बोलाएका छन् ।

मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नभई निर्वाचनमा जान नसक्ने र सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने चेतावनी दिएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनलाई थाती राखेर निर्वाचनमा जानुपर्ने अडान लिइरहेको छ भने मधेसी मोर्चाले संविधान संशोधनलाई नै निर्वाचनको बटमलाइन बनाएको छ ।

मोर्चाका नेताहरुसँग शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका थिए । सो छलफलमा कांग्रेस सभापति देउवा अनुपस्थित थिए भने देउवाले मोर्चाका नेताहरुसँग गर्न लागेको छलफलमा सरकारको नेतृत्वकर्ता दल माओवादी अनुपस्थित रहने स्रोतले बतायो ।

सरकारले निर्वाचन आयोगलाई निर्वाचनको तयारी थाल्न निर्देशन दिए पनि मोर्चाको असहमतिका कारण निर्वाचनको मिति तोक्न सकेको छैन ।