Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

सरकारले चुनावकाे तयारी गर्न त भन्याे तर तहकाे की निकायकाे ?– अायाेग

Friday, February 3, 2017 National Power

२१ माघ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको तयारी गर्ने बाटो खुलेको स्पष्ट पारेका छन् । तर, स्थानीय तह पुनर्संरचना प्रतिवेदन सार्वजनिक नहुनु दुःखदः भएको उनले बताए ।

शुक्रबार रिपोर्टर्स क्लबको साक्षात्कारमा प्रमुख आयुक्त डा. यादवले भने, ‘मन्त्रिपरिषदको निर्णयले निर्वाचनका लागि बाटो खुलेको छ, हामी अब तयारीमा जुट्छौं ।’

तर, सरकारले पठाएको पत्र हेरेपछि मात्रै थप कुरा भन्न सकिने स्पष्ट पारे ।

आयोग जेठभरमा चुनाव गराउन प्रतिबद्ध रहेको भन्दै प्रमुख आयुक्त यादवले चुनाव सम्बन्धी बाँकी काम तत्काल गर्न दलहरु र सरकारलाई आग्रह गरे ।

यद्यपि स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सार्वजनिक नहुनु दुःखद भएको बताए । उनले भने, ‘आयोगको प्रतिवेदन हामीले पाएपछि मात्रै आयोगलाई काम गर्न थप सजिलो हुन्छ ।’

प्रतिवेदन नपाएसम्म मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र कसरी छाप्ने लगायतका कुरा टुङ्गो लगाउन नसकिने उनले बताए ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको लागि दलहरुवीच समझदारी बन्नुपर्ने आवश्यकत्ता औंल्याए । तर, जेठभन्दा अर्को विकल्प नरहेको भन्दै उनले भने, ‘स्थानीय निर्वाचनको लागि सूरु सूरुमा चैत्रमा चुनाव गर्ने भनियो, त्यसपछि वैशाख भनियो, अब जेठभन्दा अर्को विकल्प छैन ।