Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

दुइ प्रहरी संगठनमा नेतृत्वकाे हाेडबाजी, राजनीतिक चलखेल तिव्र

Friday, February 3, 2017 National Power

२१ माघ, काठमाडौं – अागामी फागुन २ गतेबाट दुइ प्रहरी संगठनका सुप्रिमाेहरू अनिवार्य अवकाशमा जाने भएपछि यी दुइ संगठनकाे नेतृत्व हत्याउन दाैडधुप सुरू भएकाे छ । अाइजी उपेन्द्रकान्त अार्याल सहित नेपाल प्रहरीमा  एअाइजी समेतहरूले एकैसाथ अवकाश पाउने भएपछि डिअाइजीहरू मध्येबाट अाइजी बन्ने पक्का छ । त्यसका लागि अहिले मुख्यतः ४ जना डिअाइजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, जय बहादुर चन्द र बम बहादुर भण्डारी अाइजी बन्ने दाैडमा सकृय छन् ।

बरिष्ठताका र कार्यसम्पादनका अाधारमा नवराज सिलवाल अग्रस्थानमा रहेपनि राजनीतिक दाैडधुप व्यापक भइरहेकाेले प्रहरीकाे अागामी नेतृत्व कस्ले हत्याउँछ भन्ने एकिन गर्न गाह्राे भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिका निकट व्यक्तीहरूनै अाइजी बनाउने खेलमा सकृय भएर लागि परेका छन् ।

डिअाइजी जयबहादुर चन्द यस खेलमा सबैभन्दा सकृय भएर लागिरहेका छन् । उनी नेपाली काँग्रेसका सुदुपश्चिम र मध्यपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूसंगकाे भेटघाट लाइ तिव्रता दिइरहेका छन् । सुदुरपश्चिमका चन्द अाफ्ना भेटहरूमा सांसदहरूसंंग सुदुरपश्चिमले प्रहरीकाे नेतृत्व गर्ने अवसर अाउन लागेकाे भन्दै याे माैकालाइ खेर नफाल्न अाग्रह गर्दै अाइरहेका छन् । त्यतीमात्र हाेइन यदि अाफु अाइजी भए अागामी चुनावमा काँग्रेसलाइ जिताइदिने अाश्वासन पनि दिन भ्याएकाे भेटमा सहभागी एक सांसदले नेसनलपावरन्युजलाइ बताए ।

यसैगरी सशस्त्रमा अाइजी दुर्ज कुमार राइकाे अवकाश पछि एआईजीहरू सिंहबहादुर श्रेष्ठ, प्रेम शाही र प्रकाश ओझामध्येबाट आईजीपी हुनेछन् । सशस्त्रका एआईजी श्रेष्ठ पहिलो बरियतामा छन् ।