Wednesday 29th June 2022

    प्रचण्डले गरे विना आग्रह पुर्वाग्रह आत्मसमिक्ष गर्न आग्रह    असार १५ अर्थात् दही चिउरा खाने दिन    नर प्रधान ‘मित्र’द्वारा लिखित ‘दि हिमालयन’ लोकार्पण    चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न    नवनियुक्त स्वास्थ्य मन्त्री खापुङद्वारा पदभार ग्रहण

सिके राउत पक्राउ प्रकरण, के भन्छन् बुद्धिजीवीहरू ?

Thursday, February 2, 2017 National Power

माघ २०, काठमाडाैँ – अाज दिउँसाे प्रहरीले जनकपुर स्थित अाफ्नै डेराबाट राज्य टुक्राउने अभिव्यक्ती दिँदै हिडेका सिके राउतलाइ पक्राउ गरेपछि मधेश मामिलाका वुद्धिजीवीहरूकाे यस बारेमा प्रतिक्रिया लिइएकाे छ । मधेशमै बसेर काम गरिरहेका कतिपय वुद्धिजीवीहरूले यस मामिलामा कुनै प्रतिक्रिया दिन मानेनन् । यसबाट अाफ्नाे जिउधन माथि खतरा भएकाे भन्दै उनीहरूले यस विषयमा मुख खाेल्न नचाहेका हुन् भने केही अधिकारकर्मी, पत्रकार तथा बुद्धिजीविहरूले यस विषयमा अाफ्नाे धारणाा राखेका छन् ।

धमेन्द्र झा (पुर्व सभापित–नेपाल पत्रकार महासंघ)

कानुनकाे विरूद्धमा जाने जाे काेहीलाइ पनि छाेड्नु हुन्न । कानुनकाे विरूद्धमा जान कसैलाइ पनि छुट छैन । तर पुर्वाग्रही ढंगले कुनै समूदाय माथि राज्यकाे कारवाही हाे भने त्याे ठीक हाेइन ।

दिपेन्द्र झा (अधिवक्ता)

यदि सरकारले उनलाइ राज्य विप्लपकै गरेकै अाधारमा मुद्धा चलाउन लागेकाे हाे भने याे विषयमा पहिले नै सर्वाेच्च बाट सफाइ पाइसकेकाे विषय हाे । यहि विषयमा फेरी मुद्दा चल्ले अाधार देख्दिन । अन्य  विषयमा हाे भने प्रहरीले अनुसन्धान गर्न पाउनु पर्छ ।

राजेश अहिराज (पत्रकार)

अहिले मधेश र काठमाडाैँ जाेडिन नसकिरहेकाे अवस्थामा याे पक्राउले अागाेमा घिउ थप्ने काम गरेकाे छ । यस्ताे अवस्थामा तिनले गरिरहेकाे गतिविधिलाइ राज्यले निगरानी गर्ने तर तत्काल कुनै पनि किसिमकाे पक्राउ धरपकड नगरेकाे भए सायद मधेशलाइ याे संविधानमा जाेड्न खाेजिरहेकाे प्रयास अझ सजिलाे गरी सफल हुन सक्थ्याे । सिके राउतले जे गरिरहेका छन् त्याे ठिक हाे भन्न खाेजेकाे हाेइन । याे देशमा कानुन भन्दा गएर गतिविधि गर्ने छुट कसैलाइ पनि छैन । अझ देश टुक्राउने अभिव्यक्ती दिने छुन कसैलाइ पनि छैन । खाली सुमधुर बन्न लागेकाे बाताबरणमा खलल नअाअाेस भन्ने मात्र मेराे चाहना हाे ।

अवधेश पाेखरेल (जनकपुरिया) (मिथिला साहित्यकार)

ती मान्छे राष्ट्रद्राेही नै हुन । देश टुक्राउने अभिव्यक्ती दिनु कुनै पनि हालतमा राम्राे हुँदै हाेइन । प्रहरीले ढिलै भएपनि राम्राे काम गरेकाे छ अब तीनलाइ कडाभन्दा कडा कारवाही हुनुपर्छ । सबैभन्दा पहिला हाम्राे देश हाे, देश रहेमात्र हामी रहन्छाैँ । अपराधीहरूलाइ पक्राउ गर्दा बाताबरण बिग्रने भन्ने कुरा अाउँदैन  । समग्र नेपालकै बाताबरण बिग्रिरहेकाे बेलामा अपराधीलाइ पक्राउ गर्दा केकाे बताबरण विग्रनु ?