Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

दुइ बन कर्मचारी निलम्बित

Thursday, February 2, 2017 National Power

माघ २०, डोटी – जोरायल बन फँडानीमा दोषि भएको आशंकामा जिल्ला वन कार्यालय डोटीले ईलाका वन कार्यालय जोरायलमा कार्यरत दुई जना कर्मचारीहरुलाई तत्कालका लागि निलम्बन गरेको छ । निलम्बन हुनेमा ईलाका वन कार्यालयका ईन्चार्ज सहायक वन अधिकृत सच्चिदानन्द सिँह र वन रक्षक नर बहादुर साहु रहेका छन् ।
उनीहरु दुबैलाई जिल्लमा बोलाई स्पष्टिकरण सोधेर तत्कालका लागि निलम्वन गरिएको जिल्ला बन अधिकृत बद्रीकुमार कार्कीले जानकारी दिए । जसमध्ये वन रक्षक साहुको निलम्बन जिल्लाले नै स्वीकृत गरिसकेको उनले जनाए । सहायक बन अधिकृत सिँहको स्वीकृतीका लागि विभाग पठाईएको छ । अनुसन्धान प्रक्रिया सहज होस भनेर उनीहरु दुबैलाई निलम्बन गरिएको जिल्ला बन अधिकृत कार्कीले बताए ।
यस्तै सेक्टर वन कार्यालय वुडरका ईन्चार्ज सहायक वन अधिकृत सुरेशचन्द्र डिसिलाई क्षेत्रीय वन निर्देशनालय धनगढीले निर्देशनालयमा तानेको छ । निर्देशनालयको पत्र अनुसार उनलाई पनि धनगढी पठाईएको जिल्ला वन कार्यालयले जनाएको छ ।
वनकमएचारीकै मिलोमतोमा वन फँडानीको बिषयमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्रारम्भीर स्थलगत निरिक्षणमा गएको टोलीको प्रतिबेदनका आधारमा जिल्ला वन कार्यालयले यो कदम चालेको जिल्ला वन अधिकृत कार्कीले बताए ।
जिल्ला वन कार्यालयले जारी गरेको विवरणमा सामुदायिक वन क्षेत्रमा वन कर्मचारीको मौखिक सहमतीका भरमा काठ कटानी भएको पाईएको उल्लेख गरिएको छ । गत आर्थिक बर्ष सहमती प्राप्त भएको तर तत्काल सबै काठ नकाटिएको पाईएको पनि सो विवरणपत्रमा उल्लेख छ । वाकी काठ अहिले कटान गरिएको पाईएको भनी उल्लेख छ ।
जिल्ला वन अधिकृत कार्कीको नेतृत्वमा जिल्ला वन कार्यालय डोटी र क्षेत्रीय वन निर्देशनालय धनगढीका अधिकृतहरु सहितको ठुलो टोली फँडानी क्षेत्रको बिस्तृत अध्ययनका लागि जोरायल क्षेत्र गएको छ ।