Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

प्रचण्डलाइ अाेलीकाे जवाफ, मुख सम्हालेर बाेल्नुस

Wednesday, February 1, 2017 National Power

१९ माघ, काठमाडाैँ – राष्ट्रवादकाे नाममा दक्षिणपन्थी हावी हुन थालेकाे अभिव्यक्ति दिएर एमाले विरूद्ध वासिएललाइ उचालेकाे भाेलिपल्टै एमाले अध्यक्ष केपी शार्मा अाेलीलले प्रचण्डलाइ काउण्टर जवाफ फर्काएका छन् । अध्यक्ष ओलीले प्रचण्लाइ सम्हालिएर अभिव्यक्ति दिन सुझाव दिदैँ देशलाई माया गरौं भन्दा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले वाइसीएल लगाएर प्रतिकार गर्ने धम्की दिन थालेको आरोप  लगाए ।

‘देशभक्तहरुविरुद्ध उत्रिन प्रधानमन्त्रीले उक्साउँदै हुनुहुन्छ,’ बुधबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले भने, ‘मैले प्रधानमन्त्रीलाई आउन त भिडौं भनेर भनिहाल्न मिल्दैन तर, उहाँले बुझेर सम्हालिएर बोले हुने हो ।’

‘हामीले त वाइसीएललाई लुटेर नखाऊ भनेको हो तर, प्रधानमन्त्रीले प्रतिकारमा उत्रिन उक्साउँदै हुनुहुन्छ,’ उनले भने ।

नेकपा एमालेको तराई मधेस केन्द्रित अभियानबारेल जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले चुनाव नचाहेको बताए । चुनावको सन्दर्भमा कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरु म कुटे जस्तो गर्छु, तँ रोय जस्तो गर् भन्ने ढंगबाट अघि बढेको भन्दै ओलीले भने, ‘उनीहरुको मिलेमतो छ, तमासा गरिरहेका छन् ।’

चुनावको घोषणा नगर्न मधेसी मोर्चाले सरकारलाई दबाव दिइरहेको र चुनावको मिति घोषणा गरे बाह्य शक्ति लगाइदिने धम्कीसमेत दिइरहेको दाबी ओलीले गरे ।

अहिले सरकार आफै प्रतिपक्ष पनि हुन खोजिरहेको भन्दै ओलीले भने, ‘लेखा समितिको सभापति प्रतिपक्षलाई नदिनु भनेको त्यही संकेत हो ।’

सत्तारुढ दलहरु सरकारमा टिकिरहन जे पनि गर्न तयार रहेको ओलीले दाबी गरे । उनले भने, ‘म सुन्दै छु ढुवानी खर्चको नाममा १ अर्ब ९४ करोड रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने बनाउँदै हुनुहन्छ । शासनमा टिक्न जे पनि गर्ने लम्पसारवादको सक्कली नमूना हो यो ।’