Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

मुटु र वाथकाे राेगी हुनुहुन्छ ? फागुन १ देखी निशुल्क उपचार हुँदैछ

Wednesday, February 1, 2017 National Power

सरकारले फागुन १ देखि बाथ मुटुरोगको शल्यक्रियालगायतका सम्पूर्ण उपचार नि:शुल्क उपलब्ध गराउने भएको छ । शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको वार्षिकोत्सक समारोहमा शनिबार बोल्दै स्वास्थ्य मन्त्री गगन थापाले बाथ मुटु रोगको शल्यक्रियासहित सबै उपचार नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

अब फागुन १ देखि मुलुकभरका यस्तो सेवा प्रदान गर्ने सरकारी स्वास्थ्य निकायले वाथ मुटु रोगको शल्यक्रियालगायतका सम्पूर्ण उपचार नि:शुल्क रूपमा दिनेछन् ।

‘हाम्रै साधन स्रोतले बाथ मुटु रोगको शल्यक्रियालगायतका सम्पूर्ण उपचार नि:शुल्क गर्न सकिने अवस्था देखिएपछि सरकारले घोषणा गरेको हो’, थापाले कार्यक्रमपछिभने । सरकारले वाथ मुटु रोगको शल्यक्रिया, खाने औषधि, अस्पताल वसाइलगायतका सवै उपचार नि:शुल्क गरेको हो ।

‘यो उत्पादनशील उमेर समूहलाइ लाग्ने रोग भएकाले समयमै उपचार गरेर उहाँहरुको काम गर्ने क्षमता कायम राख्दै सामान्य जीवनमा फर्काउने हो’, थापाले भने । उनका अनुसार धेरै युवा बाथ मुटु रोग लागेर उपचार खर्चको अभावमा अलपत्र पर्ने गरेका थिए । यसअघि सरकारी अस्पतालहबाट १५ वर्ष मुनी र ७५ वर्षमाथिका मुटुरोगीका लागिमा नि:शुल्क उपचारको व्यवस्था थियो । यो रोग ५ देखि १५ वर्षसम्ममा सुरु हुने भए पनि शल्यक्रिया गराउनुपर्ने स्थितिमा पुग्दा उनीहरू वयस्क भइसक्ने भएकाले नि: शुल्क उपचार पाइरहेका थिएनन् ।

मुटुको भल्भ बिग्रेका व्यक्तिमध्ये धेरैको शल्यक्रिया गर्नुपर्छ भने सामान्य क्षति भए औषधि खाएर पनि चिकित्सकीय निगरानीमा रहनुपर्छ । कसैकसैमा यो समस्या बढ्नेसमेत गर्छ र शल्यक्रिया गराउनुपर्छ । शल्यक्रियामा मुटुको भल्भलाई फेरर कृत्रिम भल्भ राखिन्छ वा विरामी कै भल्भलाइ शल्य चिकित्सकले मर्मत समेत गर्छन् ।

अब बाथ मुटु रोग लागेका युवा उमेरका व्यक्तिले समेत नि:शुल्क उपचार पाउने उल्लेख गर्दै गंगालालका कार्डियोलोजी विभाग प्रमुख डा.दिवाकर शर्मा भन्छन–‘गंगालालमा हुने वर्षेनि हुने करिव डेढ हजार शल्यक्रिया (मुटुको) मध्ये करिव एक तिहाइभन्दा बढी भल्भकै शल्यक्रिया हुन्छ ।’

‘नेपालमा बाथ मुटु रोगकै कारण ९५ प्रतिशत व्यक्तिमा भल्भ बिग्रने समस्या उत्पन्न हुन्छ । भल्भ परिवर्तन तथा मर्मत गर्न शल्यक्रिया गर्नुपर्ने हुन्छ’, गंगालालका कार्यकारी निर्देशक डा.ज्योतिन्द्र शर्माले भने । उनका अनुसार सहिद गंगालाल अस्पतालमा वर्षेनी करिव ६ सय मुटुको भल्भ खपत हुने गरेको छ । ५ सय व्यक्तिका लागि करिब ६ सय भल्भ आवश्यक पर्छ ।

एक जना विरामीमा  एउटा मुटुको भल्भ लगाउन दुइ लाख ५० हजार र दुई वटा भल्भ लगाउन तिन लाख २५ हजार रुपिया खर्च हुने गरेको छ ।

गंगालाल अस्पतालले गरेको अध्ययनअनुसार स्कुल जाने उमेरका हरेक हजार बालबालिकामध्ये एक देखी दुई जनासम्म बाथ मुटु रोगले ग्रस्त छन् । बाथ मुटु रोग सामान्यतया ५ देखी १५ वर्षसम्मको उमेरमा लाग्ने गर्छ । तर, एक पटक भल्भ बिग्रिएपछि जीवनपर्यन्त रहिरहने रोग हो ।

बाथ मुटू रोगमा मुटूको भल्भ क्षतिग्रस्त हुन्छ । यो रोग स्ट्रैप्टोकोकल ब्याक्टेरियाले गर्दा घाँटीको संक्रमणबाट सुरु हुन्छ । यसलाई बोलचालीको भाषामा घाटी दुख्न , टन्सिल बढनेसमेत भनिन्छ ।

घाटी सम्वन्धि संक्रमण हुने सयमध्ये करिव तिन जनालाइ वाथ ज्वरो हुन सक्ने जानकारी दिंदै डा.शर्मा भन्छन –‘घाँटी दुख्दा या टन्सिल हुँदा स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिवायोटिक औषधिसहितको उपचार गर्दा बाथ मुटु रोग हुनबाट जोगिन सकिन्छ ।’