Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अाज सरस्वती पुजा, वसन्त श्रवण गरियाे

Wednesday, February 1, 2017 National Power

१९ माघ, काठमाडौं । बसन्त पञ्चमी (श्रीपञ्चमी)को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले बसन्त श्रवण गरेका छन् ।

बसन्तपुर डबलीमा हरेक वर्ष श्रीपञ्चमीको अवसरमा विशिष्ट व्यक्तिहरुले बसन्त श्रवण गर्ने परम्परा छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, सरकारका मन्त्रीहरु लगायतले बसन्त श्रवण गरी टीका र प्रसाद ग्रहण गरेका थिए ।

कार्यक्रममा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले टीका, प्रसाद प्रदान गरेका थिए । त्यसअघि पञ्चमीको महिमासम्बन्धी श्लोक बाचन गरिएको थियो ।

कार्यक्रममा प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुख, नेपाल सरकारका राजपत्रांकित विशिष्ठ श्रेणीका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखको सहभागीता थियो ।

बसन्त श्रवण भइरहँदा परम्परागत लोकबाजा पञ्चेबाजाको धुनका साथै नेपाली सेनाले मंगल धुन बजाएको थियो ।

समारोहको व्यवस्थापन गृहमन्त्रालय, पुरातत्व विभाग, कौषीतोष खाना कार्यालय र हनुमानढोका दरबार हेरचाह अड्डाले गरेका थिए ।

परापूर्वकालदेखि बसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्ति हनुमानढोका पुगी बसन्तश्रवण गर्ने परम्परा रहिआएको छ ।

श्रीमदभागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी उनकी प्रेमिका राधा र उनका साथीहरुले बसन्त ऋतुको आगमनको स्वागत गर्दै बसन्तराग गाएर भगवान श्रीकृष्णको आराधना गरेको प्रसंग उल्लेख छ ।