Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

अखिलका विद्यार्थीहरुले संयोजक र पदाधिकारीलाई कार्यकक्षमा थुने

Tuesday, February 28, 2017 National Power

१७ फागुन,चितवन । एमाले निकट अखिलका विद्यार्थीहरुले चितवनको भरतपुरमा रहेको बीरेन्द्र क्याम्पसका प्रमुखसहित निर्वाचन समितिका संयोजक र पदाधिकारीलाई सोमबार दिनभर कार्यकक्षमा थुनेका छन् ।
क्याम्पस प्रमुख गोविन्द सापकोटा, प्रमुख निर्वाचन अधिकृत डा। राजेन्द्र रेग्मी सहितका पदाधिकारीहरुलाई विद्यार्थीहरुले विहानबाट कार्यकक्षमा थुनेका हुन । क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको मिलोमतोमा स्ववियु चुनाव विथोल्न खोजेको आरोप अखिलका नेताहरुले लगाएका छन् ।
चितवनका अनेरास्ववियुका अध्यक्ष देवप्रसाद पाठकले क्याम्पस प्रमुख सापकोटा र प्रमुख निर्वाचन अधिकृत रेग्मीले कांग्रेस चितवनको निर्देशनमा १८ गतेको स्ववियु निर्वाचन विथोल्न अनेक तरिकाले षडयन्त्र गरेको, निर्वाचनको तयारी अघि नबढाएको आरोप लगाए । बीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा एमाले निकटका विद्यार्थी नेता लिलाराम पौडेलको नेतृत्वमा अखिल क्रान्तिकारी९मोहन वैद्य० र अखिल क्रान्तिकारी९विप्लप० संयुक्त प्यानल खडा गरिएको छ भने माओवादी केन्द्र र नयाँ शक्तिको भिन्न भिन्नै प्यानल रहेका छन् ।