Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

भावुक हुँदै अाेलीले भने ‘म ढलेँ भने पनि पीर नगर्नु’

Monday, February 27, 2017 National Power

साेमबार एमाले मुख्यालय धुम्बाराहीमा फागुन २१ गते देखि पार्टीले गर्न लागेकाे मेची महाकाली अभियान लागि स्वायंसेवकका लागि अायाेजना गरिएकाे प्रशिक्षण कार्यक्रममा अध्यक्ष केपी अाेली केही ढिला अाइपुगे । त्यतिन्जेलसम्म एमाले सचिव प्रदिप ज्ञवालीले अध्यक्ष अाेलीलाइ केही सन्चाे नभएकाे संकेत गरेका थिए ।

अध्यक्ष अाेलीले स्वंयसेवकहरूकाे लागि टाेपी  र ज्याकेट हस्तानतरण गर्दै अाफुले लगाएर अाएकाे काेट र टाेपी फुकाले अनि साे टाेपी र ज्याकेट लगाए ।

अाेलीकाे अनुहारमा पहिला जस्ताे जाेस जाँगर देखिएकाे थिएन । सायद नियमित हुने राजनीतिक दाैड धुप, बारम्बारकाे वैठक लगाएतका कारणले पनि अाेली थकित देखिएकाे हुन सक्ने अनुमान गरिएकाे थियाे । तर उनै अाेली अाफ्नाे बाेल्ने पालाेमा केही दिन अघि मंचमा बाेल्दा बाेल्दै विरामी परेकाे खुलासा गरे ।

उनले भने ‘अस्ती एउटा कार्यक्रममा यसै गरी बोल्दै थिएँ। बोल्न शुरु गरेको थिएँ चक्कर लाग्यो। लडुला-लडुला जस्तो लाग्यो। भनन्‍न भयो। मान्छे देख्‍न छोडे। अनि मैले भने, मलाई चक्कर लाग्यो एकछिन बोल्न नसक्ने भए। अनि मैले साथीहरुलाई भने म ढलिहालेँ भने मर्छ कि भन्‍ने पीर नगर्नुहोला एकैछिनमा उठिहाल्छु। फेरि बोलिहाल्छु।’

उनले फेरी थपे ‘म ढलिन, सायद सुगर कमी भएकाे थियाे । अाैषाधी खाएपछि ठीक भएँ । अाफु पटक पटक बिरामी परेकाे सुनाउँदै उनले अगाडी थपे म ढलीँ भने पनि पीर नगर्नु ।’

अाफ्नाे स्वास्थ्यकाे बारेमा कार्यकर्रतालाइ पीर नगर्नु भनीँरहँदा अाेली मेची महाकाली अभियानकाे क्रममा कार्यकर्ता माथि हुन सक्ने स्वास्थ्य समस्याकाे बारेमा भने चिन्तित देखिए र भने ‘याे यात्रा महा धुलाे हुने छ, अलि अलि धुलाे हुँदा त यहाँ यति समस्या छ भने त्यत्राे सभामा हुने धुलाेले सबैजना टिक्न नसक्लान, त्यसैले कसैलाइ केही भएमा तत्काल उपचारकाे लागि व्यवस्था गरिहाल्नु, कसैलाइ साेधी रहनु पर्दैन ।’

ड्राेनले भ्याउँदैन, स्याटलाइटबाट खिच्नु पर्छ

स्वास्थ्य सम्बन्धि भावुक हुँदा हुँदै अाेली फेरी अाफ्नाे पुरानै अन्दाजमा फर्के र भने ‘एमालेकाे याे मेची महाकाली अभियान यति भव्य हुन्छ की याे कुनै ड्राेन वा घरकाे छतमाथि बसेर खिचेर सकिन्न, त्यसकाे लागि स्याटलाइटकाे व्यवस्था गर्नुपर्छ । उनले भने ‘मेचीमहाकाली अभियानमा राजमार्ग, बाटाघाटा, चाैर ढाक्ने गरी मानवसागर उर्लिन्छ, त्यसकाे लागि  कुनै अग्लाे ठाउँमा बसेर वा ड्राेनले खिच्न कहाँ सम्म खिच्ने ? कति खिच्ने, भ्याउँदैन, त्यसकाे लागि कि त हेलिकप्टरबाट खिच्नु पर्छ नभए स्याटलाइट बाट खिच्नु पर्छ।’

‘लाखाैँ जनता उर्तिन्छन्, सबैसंग राम्राे व्यावहार गर्नु ‘

अध्यक्ष अाेलीले मेची महाकाली अभियानकाे क्रममा लाखाैँ जनता उत्रिने जनाउँदै सबैसंग राम्राे व्यबहार गर्न स्वायंसेवकहरूलाइ निर्देशन दिए । उनले भने ”तपाईहरुको बोली, ब्यवहार, मुस्कान, आत्मीयताले जनताले बुझ्छ, त्यो ढंगको बोली, बचन, ब्यवहार आत्मीय बनाउनुस्। कुनै पनि काम गर्दा नराम्रो रफ भाषा, तरिकामा होइन। नबुझेर कसैले स्वाट्टै आउन खोज्छ शिष्टतापूर्वक रोक्नुस् उसलाई।’