Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

औषधी खुवाइने अभियान प्रभावित

Monday, February 27, 2017 National Power

१६ फागुन, धनगढी- स्वास्थ्यक्रर्मीको आन्दोलनका कारण कैलालीमा हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाइने अभियान प्रभावित भएको छ ।
कर्मचारीको लगातारको धर्नाका कारण अभियान प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।यसपाली कैलालीमा फागुन २१, २२ र २३ गते तीन दिन हात्तीपाइले बिरुद्धको औषधी खुवाइने कार्यक्रम तय भएको थियो ।

जनस्वास्थ्य कार्यालयका सुपरभाइजर हरिप्रसाद भट्टले स्वास्थ्यक्रर्मीको आन्दोलनका कारण अभियान प्रभावित भएको जानकारी दिनुभयो । उहाले चैत्र महिनाको ५ ६ र ७ पहिलो औषधी खुवाइने अभियान थालिने बताउनु भयो ।

यस्तै स्वास्थ्यक्रर्मीको आन्दोलनका कारण कार्यालयको दैनिक कामकाजका साथै खोप कार्यक्रम पनि प्रभावित भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।