Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

मधेशी माेर्चाकाे छुट्टै संसाेधन प्रस्ताव दर्ता

Sunday, February 26, 2017 National Power

१६ फागुन, काठमाडाैँ – संविधान संसाेधनकाे लागि मधेशी माेर्चा लगाएत केही सांसदहरूले संसदमा संसाेधन प्रस्ताव दर्ता गराएका छन् । संसद सचिवालयका श्राेतका अनुसार मधेशी माेर्चा विशेषगरी प्रदेशहरूकाे सिमांकनका विषयमा संसाेधन प्रस्ताव दर्ता गराएका छन् भने भाषाकाे सम्बन्धि तथा राष्ट्रिय सभा गठनका विषयमा पनि संसाेधन दर्ता गराएका छन् ।

यसै गरी कांग्रेस सांसद चन्द्र भण्डारी र माअाेवादी केन्द्रका नेता टाेप बहादुर रायमाझीले समेत प्रदेश सभाकाे सहमति बिना प्रदेश नं ५ मा कुनै हेरफेर गर्न नपाइने भन्दै अर्काे संसाेधन प्रस्ताव दर्ता गराएकाे बुझिएकाे छ ।

अाइतबार साँझ मधेशी माेर्चाका ३६ जना सांसदहरूले दर्ता गराएकाे संसाेधन प्रस्ताव यस्ताे रहेकाे छ ।

प्रदेश न. १: ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर
प्रदेश नम्बर २: सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सार्, झापा, मोरङ सुनसरी र चितवनका ११ गाविस
प्रदेश नम्बर ४: गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, रुकुम -पूर्वी भाग)
प्रदेश नम्बर ५: नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर
प्रदेश नम्बर ७: बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा