फागुन १५ ,बझाङ-बझाङको दौलीचौरमा स्थानीय युवाको कुटाइबाट जीपका सहचालकको ज्यान गएको छ ।
शनिबार बेलुका स्थानीय युवाले खेलिरहेको भलिबल जीपले च्याप्दा फुटेपछि भएको विवादको क्रममा जीपका सहचालकको ज्यान गएको हो ।भलिबलको विषयमा भएको विवादको क्रममा झडप हुँदा स्थानीय युवा दिपेन्द्र बोहराको कुटाइबाट जीपका सहचालक दौलीचौर–८ का दिनेश बोहराको ज्यान गएको प्रहरीले जनाएको छ ।
कुटाइबाट गम्भीर घाइते भएका दिनेशको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । दिनेशलाई कुट्ने दिपेन्द्र फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।