Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चैतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता

Sunday, February 26, 2017 National Power

१५ फागुन, म्याग्दी-म्याग्दी सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । म्याग्दीका युवाको नेतृत्वमा काठमाडौँमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० देखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।

क्लब स्थापनासँगै काठमाडौँमा निरन्तर रूपमा आयोजना गर्दै आएको प्रतियोगितालाई यसपटक म्याग्दीमा आयोजना गरिएको क्लबका अध्यक्ष रमेश पुनले बताउनुभयो ।राष्ट्रियस्तरका व्यावसायिक र विभागीय टोलीका खेलाडीसमेत सहभागी हुने प्रतियोगिताको तयारी तीव्र पारिएको क्लबले बेनीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रतियोगितामा राष्ट्रियस्तरका पाँच र स्थानीय एक गरी ६ इभेन्टमा खेल खेलाइनेछ । बेनीस्थित कबर्डहलमा हुने प्रतियोगितामा देशभरका करिब ३०० खेलाडीले सहभागिता जनाउने अध्यक्ष पुनले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत मेन्स डबल इभेन्टमा विजयी हुनेलाई सर्वाधिक पुरस्कार राशि रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

त्यस्तै द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५० हजार र रु २५ हजार पुरस्कार प्रदान गरिने क्लबका उपाध्यक्ष योगेन्द्र गुरुङले बताउनुभयो ।