Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

भारतलाइ अष्ट्रेलियाकाे “मुहताेड” जवाफ, पहिलाे टेष्टमा तीन दिन भित्रै ३३३ रनकाे जीत

Saturday, February 25, 2017 National Power

१४ फागुन, काठमाडाैँ – अष्ट्रेलिया ४ टेस्ट म्याचकाे सिरिज खेल्न भारत अाइपुगेकाे दिन भारतीय मिडियाले अष्ट्रेलियालाए इतिहासकै खराब टिम भारत अाएकाे भन्दै भारतले ४ टेस्ट म्याचकाे सिरिज ४–० ले जित्ने मात्रै भनेनन् यदि अष्ट्रेलियाले म्याच ५ दिन सम्म लम्ब्याउन सकेकाे खण्डमा पनि उसकाे लागि ठूलाे हुने बताएकाे थियाे ।

भारतीय मिडियाले यति सम्म भन्याे की अहिले भारतीय क्रिकेटकाे जमना छ, काेही भारतमा अाएर भारतलाइ हराउने दावा गर्छ भने त्याे जति मुर्ख काेही हुने छैन भन्दै अष्ट्रेलियालाइ ३ देखि ४ वीचमा हराउने दावी गरेकाे थियाे । त्यसैका लागि उसले पहिलाे म्याच हुने पुनेकाे महाराष्ट्र क्रिकेट एसाेसिएसनकाे पिच स्पिनरलाइ मात्रै मद्दत पुग्ने बनाएकाे थियाे । किनकी उफ संग रविचन्द्र अाश्विन र रविन्द्र जडेजा जस्ता विश्व स्तरीय बलर तथा जयदेश यादव जस्ता उदयमान स्पिन बलर थिए । यीनै तीन जना बलरकाे मद्दत बाट अष्ट्रेलियालाइ “अाउटप्लेड” गर्ने भन्दै अष्ट्रेलियालाइ बच्चा टीमकाे पनि संज्ञा दिएकाे थियाे ।

यसरी “बच्चा टिमलाइ” धरापमा पारी तीन दिनमा म्याच जित्ने भारतीय मिडिया र क्रिकेट विश्लेषहरूकाे “घमण्डी दावी” लाइ स्टीव स्मिथ र स्टिवन अाेकिफले “मुहताेड” जवाफ दिएका छन् ।

अाज पहिलाे टेष्ट म्याचकाे तेश्राे दिन भित्रै भारतलाइ   रनले पराजित गर्दै ४ टेस्ट म्याचकाे सिरिजमा १–० ले अग्रता मात्र लिएकाे छैन भारतले अष्ट्रेलियालाइ पार्न खनेकाे खाल्डाे सिरिज भरी “ब्याकफुटमा” पर्ने गरी अाँफै फसेकाे छ । अफ स्पिनर स्टिवन अाेकिफले अाफ्नाे करियरकै सबभन्दा उच्चतम प्रर्दशन गर्दै  १२ विकेट लिएपछि भारतलाइ सिरिजमा १–० ले पछि पार्न सफल भएकाे हाे ।

टस जितेर पहिले ब्याटिङ गरेकाे अष्ट्रेलियाले पहिलाे इनिङमा म्याट रेन्साे र मिचेल स्टार्ककाे अर्धसतककाे मद्दतले २६० रन बनाएकाे थियाे । जवाफमा भारतले पहिलाे इनिङमा १०५ रन मात्र जाेडेकाे थियाे । भारतलाइ १०५ रनमा समेट्न अाेकिफले ६ विकेट लिएका थिए ।

दाेश्राे इनिङ कप्तान स्टिव स्मितकाे १०९ काे मद्दतमा अष्ट्रेलियाले २८५ रन बनाएर समग्रमा भारतलाइ ४४१ रनकाे लक्ष दिएकाे थियाे । जवाफमा भारतले मात्र दाेश्राे इनङमा १०७ मात्र बनाउन सक्याे र ३३३ रनकाे लज्जास्पद हार ब्याहाेर्न बाध्य भयाे। दाेश्राे इनिङमा भारतलाइ  मा समेट्न अाेकिफले ६  र अर्का लेग स्पिनर नाथन लायनले  ४  विकेट लिएका थिए ।

यसरी अष्ट्रेलियालाइ स्पिनरकाे माध्यमबाट धारासायी बनाउने भारतकाे याेजना र भारतीय मिडिया र भारतीय क्रिकेट विश्लेषकहरूलाइ तीन दिन भित्रै भारतलाइ उस्कै भुमीमा लज्जास्पद हार चखाइ “मुहताेड” जवाफ दिएकाे छ ।