Wednesday 30th November 2022

    ‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा    एमसीसी अन्तर्गत बन्ने ३०० किलोमिटर प्रसारणलाइनको ठेक्का आह्वान    इनास अमेरिकाद्वारा स्रष्टा सम्मान सहितको सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न    अमेरिकी दूतावासले हिउँ चितुवाका फेक तस्बिरु हटाउने    इनास अमेरिकाले सात जनालाई सम्मान गर्दै

भारतको पिथौरागढमा एक नेपाली मृत भेटिए

Saturday, February 25, 2017 National Power

१४ फागुन, बैतडी- भारतमा काम गर्न गएका एक नेपाली मृत अवस्थामा फेला परेका छन् ।

मृत भेटिनेमा दार्चुला धारी–२ का ४० वर्षीय चन्द्रसिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

भारतको पिथौरागढमा काम गर्न गएका उनी त्यहाँको धारचुलाको निङलपानीमा मृत अवस्थामा भेटिएका प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । उहाँका अनुसार मृतक कुँवरको टाउकोमा गम्भीर चोट रहेको र नाक तथा कानबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो ।