Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

अब लाठी प्रदर्शन पनि गर्न नदिनू :निर्वाचन आयोग

Friday, February 24, 2017 National Power

१३ फागुन, काठमाडौं –  निर्वाचन आयोगले वैशाख ३१ को स्थानीय तहको चुनावमा शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालयलाई चारबुँदे आग्रह गरेको छ । उसले विस्फोटक तथा विषालु पदार्थका साथै लाठी, भाला, खुकुरी जस्ता हात हतियार लिएर हिँड्न, प्रदर्शन गर्न नपाउने गरी नियन्त्रणको व्यवस्था गर्न भनेको छ ।

साथै अनुमति लिएका व्यक्तिहरुसँग रहेको हाततियार समेत जिल्ला प्रशासन कार्यालय मातहत राख्ने व्यवस्था मिलाउन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोगले निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीमा रोक लगाउने विशेष व्यवस्था गर्न भनेको छ । चुनाव विथोल्न सक्ने शंकास्पद व्यक्तिहरुमाथि निगरानी गर्न र आवश्यकता अनुसार नियन्त्रण गर्न पनि गृहलाई भनिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले शुक्रबार नै चार वटै सुरक्षा निकायका प्रतिनिधिका साथै गृह र रक्षा सचिवलाई बोलाएर सुरक्षा बन्दोवस्ती मिलाउन आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एक चरणमा मतदान गर्न लागिएको भन्दै भयरहित वातावरणमा चुनाव गराउन र राजनीतिक पूर्वाग्रहबाट मुक्त भई काम गर्न सुरक्षाकर्मीहरु लाग्नु पर्नेमा जोड दिएका छन् ।