Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

शिवालयमा दर्शनार्थीको भीड

Friday, February 24, 2017 National Power

१३ फागुन,पोखरा – महाशिवरात्रिका अवसरमा पोखरा र आसपासका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

पोखराका प्रसिद्ध विन्ध्यवासिनी मन्दिर परिसरको शिव मन्दिरका साथै छोरेपाटनस्थित गुप्तेश्वर महादेव, भलामस्थित हरिहर महादेव, सीतापाइलास्थित सदाशिवजी सिद्धेश्वर हरिहरलगायतका शिव मन्दिरमा भगवान शिवलाई दूध, जल र बेलपत्र चढाउन दर्शनार्थी लामबद्ध भएर उभिएका छन् ।

महाशिवरात्रिका दिन सामूहिक व्रतबन्ध गर्ने चलनअनुरुप धेरै शिवालयमा सामूहिक व्रतबन्धको कार्यक्रम पनि सञ्चालन भएको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर सीतापाइलाका अध्यक्ष ऋषिराम भण्डारीले बताउनुभयो ।भरतपोखरीस्थित सिलिङ्गे, मनियलडाँडा, धारापानीलगायतका स्थानमा पनि सामूहिक रुद्री पूजा र व्रतबन्धका कार्यक्रम सञ्चालन भएका छन् ।