Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

शिवालयमा दर्शनार्थीको भीड

Friday, February 24, 2017 National Power

१३ फागुन,पोखरा – महाशिवरात्रिका अवसरमा पोखरा र आसपासका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

पोखराका प्रसिद्ध विन्ध्यवासिनी मन्दिर परिसरको शिव मन्दिरका साथै छोरेपाटनस्थित गुप्तेश्वर महादेव, भलामस्थित हरिहर महादेव, सीतापाइलास्थित सदाशिवजी सिद्धेश्वर हरिहरलगायतका शिव मन्दिरमा भगवान शिवलाई दूध, जल र बेलपत्र चढाउन दर्शनार्थी लामबद्ध भएर उभिएका छन् ।

महाशिवरात्रिका दिन सामूहिक व्रतबन्ध गर्ने चलनअनुरुप धेरै शिवालयमा सामूहिक व्रतबन्धको कार्यक्रम पनि सञ्चालन भएको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर सीतापाइलाका अध्यक्ष ऋषिराम भण्डारीले बताउनुभयो ।भरतपोखरीस्थित सिलिङ्गे, मनियलडाँडा, धारापानीलगायतका स्थानमा पनि सामूहिक रुद्री पूजा र व्रतबन्धका कार्यक्रम सञ्चालन भएका छन् ।