Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

Friday, February 24, 2017 National Power

१३ फागुन,धनुषा- मोटरसाइकल दुर्घटनामा परि जनकपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उप–महानगरपालिका–७ बस्ने प्रेमनाथ पाण्डेका १९ वर्षीय छोरा महेश पाण्डे रहेको प्रहरीले जनाएको छ ।
जनकपुरबाट महेन्द्रनगरतर्फ गइरहेको बेला लक्ष्मीनिया सडकखण्डमा ज ३ प २३५९ नंको मोटरसाइकलले पाण्डेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करले घाइते उनको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय अभिनित सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ