Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

प्रतीक्षालयमा एक पुरुष मृत भेटिए

Friday, February 24, 2017 National Power

१३ फागुन,चितवन -चितवनको रत्ननगर नगरपालिका–८ स्थित भानुचोकमा एक पुरुष मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार भानुचोकस्थित प्रतीक्षालयमा अन्दाजी ४५ वर्षका जस्तो देखिने पुरुष मृत भेटिएका हुन् उनको पहिचान खुलेको छैन ।

स्थानीयवासीले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले शवको मुचुल्का गरी अहिले शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जनाएको छ ।

माथि चेक सर्ट, कालो कोट, तल कालो पाइन्ट लगाएको पुरुष व्यक्ति भएकाले यस्तो कपडा लगाएको व्यक्ति कोही हराएको भए प्रहरीमा सम्पर्क गरी शव बुझ्न आज एक सूचनामार्फत प्रहरीले आग्रह गरेको छ ।