Tuesday 21st September 2021

    ‘अनलाइन एक्टिङ कम्पिटिसन’ को विजेता बने मनिष पाण्डे    रोमन परियार र रिया नापितलाई ‘मिस्टर एण्ड मिस ग्ल्यामर’को ताज    गायक सुनिल थापा मगरको मर्मस्पर्शी गीत 'निर हो' सार्वजनिक    ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधी सुमन तामाङ र निर्जला रजकले जिते    चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “ब्लाक डाइरी” बैशाख देखी

Thursday, February 23, 2017 National Power

सिनेमाको छााँयाकन भन्नासाथ हिरो हिरोइन हुन्छ, रमाइलो हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर सबै चलचित्रको सवालमा छााँयाकन रमाइलो मात्र हुदैन, डरलाग्दो र भयंकर पनि हुन सक्दछ । मनिष, गौरब र बिकेन भाइहरुले पाँच सात बर्षदेखि बाइक स्टण्र्ड गर्दै आएका थिए । यिनहिरुको के.टि.एम स्ट्रीट राइडर्स नामको ग्रुप पनि छ । सानो तिनो दुर्घटनाहरु यिनीहरुको निम्ति सामान्य नै हो । तर चलचित्रकोे छााँयाकन भनेको महाभारत नै हुँदो रहेछ भनेर के.टि.एम स्ट्रीट राइडर्सका एक प्रतिनिधि गौरबले हामीलाई बताए । प्रसंग, बैशाखबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ब्ल्याक डायरीको हो ।

चलचित्र ब्ल्याक डायरीमा के.टि.एम स्ट्रीट राइडर्सको टोलीले चलचित्रमा अत्यन्तै मेहनत गरी बाइकको डरलाग्दो स्टण्र्डका दृष्यहरु पस्केका छन् । चलचित्र ब्ल्याक डायरीको छाँयाकन गर्दा छाँयाकन स्थलमा एम्बुलेन्स ब्याकअप् राखेर काम गर्नु परेको थियो । छाँयाकनको क्रममा घाइते हुने र अस्पताल आते जाते गर्नु नर्मल भएको थियो । शायद नेपाली चलचित्र छााँयाकन गर्दा एम्बुलेन्स ब्याकअप् राखेर काम गरेको यो पहिलो पटक होला बाइकर्स गौरबले बताएका छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ब्ल्याक डायरीमा आफुहरु अत्यन्तै आशाबादी रहेको र चलचित्र पनि उत्कृष्ट बनेको बताउँछन् । चलचित्र बैशाखबाट देशभर एकसाथ प्रदर्शन हुने बताइएको छ ।