Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूतिको माग

Thursday, February 23, 2017 National Power


१२फागुन,काठमाण्डौँ–काठमाण्डौँ उपत्यकाका विभिन्न स्थानमा सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलव्ध गराउन माग गर्दै माइतीघर मण्डलामा आज विहान विरोध गरेका छन् । उक्त विरोध सडक विस्तार पीडित संघर्ष समितिले गरेको हो ।
परापूर्वकालदेखि नै बस्दै आएका स्थानीयवासीलाई बिनासूचना घर भत्काउने कार्य भइरहेको भन्दै समितिले विरोध गरेको हो । पछिल्लो पटक अदालतले पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराएर मात्र सडक विस्तारको कार्य अगाडि बढाउन समितिका संयोजक सुमन सायमीले सरकारलाई निर्देशन दिएको भए पनि काठमाण्डौँ उपत्यकाका विभिन्न २२ स्थानमा क्षतिपूर्ति उपलब्ध नभएकन सडक विस्तार भइरहेकाले त्यसलाई रोक्न माग गरेका छन् ।गैह्र न्यायिक तरिका भइरहेको सडक विस्तारको विकल्प खोज्नुपर्ने बताउँदै सरकारले स्थानीय जनतालाई लालपूर्जा दिएर जनतालाई लालपुर्जा दिएर उनीहरुको जग्गा अतिक्रमण गरिरहेको भएर स्थानीयसंग सडक विस्तारको विकल्प खोज्नुपर्ने भन्दै सरकारले उनीहरुको लालपूर्जा दिएर जग्गा अतिक्रमण गरिरहेकोले चिन्ता व्यक्त गरे । कलङ्की,कालीमाटी,त्रिपुरेश्वर क्षेत्रमा डोजर आतङ्क भइरहेको र स्थानीयसंग समझदारीमा सडक विस्तार गर्नुपर्ने पनि स्थानीयको सरकारसंग माग छ ।