Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूतिको माग

Thursday, February 23, 2017 National Power


१२फागुन,काठमाण्डौँ–काठमाण्डौँ उपत्यकाका विभिन्न स्थानमा सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलव्ध गराउन माग गर्दै माइतीघर मण्डलामा आज विहान विरोध गरेका छन् । उक्त विरोध सडक विस्तार पीडित संघर्ष समितिले गरेको हो ।
परापूर्वकालदेखि नै बस्दै आएका स्थानीयवासीलाई बिनासूचना घर भत्काउने कार्य भइरहेको भन्दै समितिले विरोध गरेको हो । पछिल्लो पटक अदालतले पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराएर मात्र सडक विस्तारको कार्य अगाडि बढाउन समितिका संयोजक सुमन सायमीले सरकारलाई निर्देशन दिएको भए पनि काठमाण्डौँ उपत्यकाका विभिन्न २२ स्थानमा क्षतिपूर्ति उपलब्ध नभएकन सडक विस्तार भइरहेकाले त्यसलाई रोक्न माग गरेका छन् ।गैह्र न्यायिक तरिका भइरहेको सडक विस्तारको विकल्प खोज्नुपर्ने बताउँदै सरकारले स्थानीय जनतालाई लालपूर्जा दिएर जनतालाई लालपुर्जा दिएर उनीहरुको जग्गा अतिक्रमण गरिरहेको भएर स्थानीयसंग सडक विस्तारको विकल्प खोज्नुपर्ने भन्दै सरकारले उनीहरुको लालपूर्जा दिएर जग्गा अतिक्रमण गरिरहेकोले चिन्ता व्यक्त गरे । कलङ्की,कालीमाटी,त्रिपुरेश्वर क्षेत्रमा डोजर आतङ्क भइरहेको र स्थानीयसंग समझदारीमा सडक विस्तार गर्नुपर्ने पनि स्थानीयको सरकारसंग माग छ ।