Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बंगलादेशमा अफगानिस्तानकाे साहेन अस्माइसंग मनाङकाे हार

Wednesday, February 22, 2017 National Power

११ फागुन, बंगलादेश – शेख कमल अन्तराष्ट्रिय क्लब कप प्रतियाेगितामा नेपालकाे मनाङ मर्याङदी क्लब अफगानिस्तानकाे साहेन अस्मान फुटबल क्लबसंग ३–१ गाेल अन्तरले पराजित भएकाे छ । याे संगै क्वाटरफाइनलमा पुग्न मनाङ चितगाउँसंगकाे खेल जित्नै पर्ने भएकाे छ ।

पहिलाे हाफमा १ शुन्यले पछि परेकाे मनाङले दाेश्राे हाफमा उत्कृष्ट खेल खेले पनि काउण्टरमा दुइ गाेल खान पुग्याे । दाेश्राे हाफकाे मध्यतिर २ शुन्यले पछि परेकाे मनाङले विमल बस्नेतकाे गाेल मार्फत खेलमा फर्कने काेसिस गरेकाे थियाे । तर त्यसकाे केही समय पछिनै मनाङका अफिजले डि एरियामा ह्यान्ड गरेपछि पेनाल्टी पायाे र गाेल गर्न सफल भयाे । उस्का लागि तीनै गाेल कप्तान अमिरूद्दीन सरिफीले गरेका थिए ।