Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

लिभरपुलकाे खराब समय, वुल्भ्स संग पनि हार्याे,

Saturday, January 28, 2017 National Power

लिभरपुल च्याम्पियनसिप क्लब ओल्भ्ससँग पराजित भएको छ र, एफए कपबाट बाहिरिएको छ । एफए कपको पाँचौं चरणमा पुग्ने क्रममा ओल्भ्सले लिभरपुलमाथि २-१ को जित निकालेको हो ।

घरेलु मैदानमा एन्फिल्डमा भएको खेलमा लिभरपुलले युवा खेलाडीहरुलाई मौका दिएको थियो । तर, ओल्भ्सलाई कमजोर आँक्नु उसका लागि घातक बन्यो र ईफएएल कपबाट बाहिरिएको तीन दिनपछि एफए कपको यात्रा टुंगियो ।

ओल्भ्सले खेल सुरु भएको पहिलो मिनेटमा नै स्टेअम्यानको गोलबाट अग्रता लिएको थियो । ४१ औं मिनेटमा वाइम्यानले गोल गरेपछि पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा काउटिन्हो, स्टर्डिज र क्यानलाई मैदान प्रवेश गरायो । तर, खेलमा र्फकन सकेन । ८६ औं मिनेटमा ओरिगीले गोल गरेपनि त्यो सान्त्वना मात्र हुनपुग्यो ।