Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

लिभरपुलकाे खराब समय, वुल्भ्स संग पनि हार्याे,

Saturday, January 28, 2017 National Power

लिभरपुल च्याम्पियनसिप क्लब ओल्भ्ससँग पराजित भएको छ र, एफए कपबाट बाहिरिएको छ । एफए कपको पाँचौं चरणमा पुग्ने क्रममा ओल्भ्सले लिभरपुलमाथि २-१ को जित निकालेको हो ।

घरेलु मैदानमा एन्फिल्डमा भएको खेलमा लिभरपुलले युवा खेलाडीहरुलाई मौका दिएको थियो । तर, ओल्भ्सलाई कमजोर आँक्नु उसका लागि घातक बन्यो र ईफएएल कपबाट बाहिरिएको तीन दिनपछि एफए कपको यात्रा टुंगियो ।

ओल्भ्सले खेल सुरु भएको पहिलो मिनेटमा नै स्टेअम्यानको गोलबाट अग्रता लिएको थियो । ४१ औं मिनेटमा वाइम्यानले गोल गरेपछि पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा काउटिन्हो, स्टर्डिज र क्यानलाई मैदान प्रवेश गरायो । तर, खेलमा र्फकन सकेन । ८६ औं मिनेटमा ओरिगीले गोल गरेपनि त्यो सान्त्वना मात्र हुनपुग्यो ।