Sunday 11th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

मनाङलाइ अाहारारा गाेल्डकपकाे उपाधि

Saturday, January 28, 2017 National Power

पोखरामा शनिबार सम्पन्न आहा ! रारा गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पीयन मनाङमस्र्याङ्दीले जितेको छ ।

शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा आयोजक सहारा क्लवलाई १/० ले पराजित गर्दै मनाङले पाचौंपटक आहा ! रारा गोल्डकपको उपाधि जितेको हो । मनाङलाई उपाधि दिलाउन कमल श्रेष्ठ नायक बने । उनले शनिबारको खेलमा निणर्ायक गोल गर्दै मनाङलाई उपाधि दिलाए ।

श्रेष्ठले खेलको ७० औं मिनेटमा करीब ३० यार्ड टाढाबाट प्रहार गरेको लामो प्रहार बिपक्षी गोलकिपर सुजित गुरुङलाई जिल ख्वाउँदै जाली चुम्यो । जितसँगै मनाङले ३ वर्षअघी आहा ! रारा गोल्डकपको १२ औं संस्करणमा सहारासँगै फाइनलमा खाएको हारको बदला १५ औं संस्करणमा लिन सफल भयो ।

जितसँगै मनाङले ५ लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमापत्र प्राप्त गर्‍यो भने उपबिजेता सहाराले २ लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

शुरुदेखी नै लगातार आक्रमण बुनेको मनाङले पटक/पटक गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । २१ औं मिनेटमा सुजल श्रेष्ठको पासमा विक्रम लामा गोल गर्न चुके । २३ औं मिनेटमा ओलावालेले बिपक्षी गोलकिपरसँग पटक/पटक घम्साघम्सी गर्दापनि गोल गर्न सकेनन् ।

उनको गोल गर्ने प्रयास बिपक्षी गोलकिपर सुजित गुरुङले विफल पारे । ३७ औं मिनेटमा सुजलको पि|mकिकमा ओलावालेको हेडर फितलो हुँदा गोल हुन सकेन । ६५ औं मिनेटमा विक्रम लामाको पासमा अनिल गुरुङको हेडर क्रसबारमा लागेर फर्कियो ।

६७ औं मिनेटमा कमल श्रेष्ठको लामो प्रहार विपक्षी गोलकिपर सुजित गुरुङले मुश्किलले बचाए । निर्धारित ९० मिनेट सकिएर थपिएको अतिरिक्त समयको दोश्रो मिनेटमा अनिल गुरुङको पासमा सुजल श्रेष्ठको हेडरले पोष्टको दिशा लिएन ।

उसो त सहाराले पनि गोल गर्ने अवसर नपाएको हैन । रक्षात्मक बन्दै काउण्टर अट्याक मार्फत गोल गर्ने रणनीति बनाएको सहाराले ८२ औं मिनेटमा बराबरी गर्ने अवसर गुमायो । बिपक्षी डिफेन्डर अडामा बोअ सिस्सोकोबाट खोसेर बल अगाडि बढाएका सहाराका अजेई मार्टिन्स कोएडेले प्रहार गरेको बल बिपक्षी गोलकिपर दिनेश थापाबाट रिबाउण्ड भई उत्तम गुरुङले पुनः प्रहार गर्दा पोलमा लागेर फर्किनुनै सहाराका लागि दुर्भाग्य भयो ।

यसअघि खेलको ४३ औं र ४५ औं मिनेटमा हेमन गुरुङको कडा प्रहार खेर गयो । पहिलो प्रहार सेकेण्डबार हुँदै बाहिरियो भने दोश्रो प्रहारमा बिपक्षी गोलकिपर दिनेश थापा बाधक बने ।

फाइनल खेलमा मनाङका लागि निणर्ायक गोलकर्ता कमल श्रेष्ठ म्यान अफ दी म्याच भए ।

सुजित भए सर्बोत्कृष्ट खेलाडी

प्रतियोगितामा सबोत्कृष्ट खेलाडी सहाराका सुजित गुरुङ भएका छन् । उनले एक थान स्कुटर प्राप्त गरे ।

त्यस्तै फेयर प्लेमा झापा ११, उत्कृष्ट प्रशिक्षकमा सहाराका किरण श्रेष्ठ, उत्कृष्ट स्ट्राइकरमा सहाराका शिव सुवेदी, सर्बाधिक गोलकर्तामा झापा ११ का कर्ण लिम्बु, उत्कृष्ट मिडफिल्डरमा मनाङमस्र्याङ्दीका सुजल श्रेष्ठ, उत्कृट डिफेन्डरमा मनाङमस्र्याङदीका कमल श्रेष्ठ र उत्कृष्ट गोलकिपरमा सहाराका सुजित गुरुङ भए ।

उनीहरुलाई जनही १५ हजारसहित ट्रफी र मेडल प्रदान गरियो । पुरस्कृत सबैलाई प्रमुख अतिथि महिला, वालवालिका तथा समाज कल्याणमन्त्री कुमार खड्का, संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए ।