Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

फेडेरर र नाडाल अष्ट्रेलियन अाेपनकाे उपाधिका लागि भिड्ने

Friday, January 27, 2017 National Power

१४ माघ, मेलवर्न – करिब ५ घण्टाकाे संघर्ष पछि विश्व नं १५ गिर्गाेग दिमित्राेभलाइ पराजित गर्दै विश्व नं ९ राफाएल नाडालले अष्ट्रेलियन अाेपनकाे फाइनलमा स्थान बनाएका छन् । मेलवर्नकाे राेड लभर एरिनामा भएकाे खेलमा दिमित्राेभलाइ ६–३, ५–७, ७–६, ६–७ र ६–४ काे सेटमा पराजित गर्दै पुराना प्रतिद्वन्दी राेजर फेडेररसंगकाे भेट पक्का गरेका हुन् ।

१४ पटकाे ग्राण्डस्लाम बिजेता नाडालले समग्रमा २१ अाै पटक ग्राण्डस्लामकाे फाइनलमा स्थान बनाएका हुन् । उनले यसअघि ४  पटक अष्ट्रेलियन अाेपनकाे उपाधि जितिसकेका छन् । यस अघि हिजाे भएकाे पहिलाे सेमिफाइनलमा अाफ्नै देशका विश्व नं ४ स्टान वावारिन्कालाइ पराजित गर्दै विश्व नं १७ राेजर फेडेररले फाइनलमा स्थान बनाइसकेका थिए ।

१८ पटक ग्राण्डस्लाम जितिसकेका फेडेरर  र नाडालकाे फाइनल भिडन्त निकै राेचक हुने अनुमान गर्न सकिन्छ । फाइनल अाइतबार हुनेछ ।