Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

माअाेवादी सांसदकै अाराेप, प्रचण्ड सरकार असफल

Friday, January 27, 2017 National Power

१४ माघ, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले थारु, मधेसीको माग अर्को टिकापुर घटना दोहोरिने चेतावनी दिएका छन् । साथै उनले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार असफल भएको दाबी गरे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सांसद मोदीले भने, ‘यदि हाम्रा मागहरु सम्बोधन भएन भने संसारको कुनै पनि शक्तिले अब हुने आन्दोलन रोक्न सक्दैन ।’

उनले यदि समयमै माग सम्बोधन नगरिए मुलुकमा ठूलो संकट आउने खतरा औंल्याए ।

कैलाली, कञ्चनपुर, झापा, मोरङ, उदयपुर र सप्तरीका थारुहरुलाई बेग्लै प्रदेश दिनु पर्ने भन्दै उनले थारुहरुको माग सम्बोधन नगरी सरकारले जबरजस्ती चुनावको मिति घोषणा गरे प्रतिकारमा उत्रिने चेतावनी दिए। उनले भने, ‘हाम्रा मागहरु सम्बोधन नभई चुनाव घोषणा गरिए कुनै हालतमा मान्दैनौं ।’

माओवादी सांसद मोदीले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार पनि पनि संशोधन गरेर समस्या समाधान गर्न गम्भिर नभएको आरोप लगाए । उनले भने, ‘संविधान संशोधन गरेर मुलुकलाई निकास दिने कुरामा प्रधानमन्त्री प्रचण्डजी गम्भिर बन्नुभएन, उहाँ सफल हुन सक्नुभएन ।’