Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

मिटर रिडर जति काेही पुलिसकाे फन्दामा, काेही अान्दाेलनमा, प्राधिकरण भन्छ मिटर रिड गरेर अाँफै पैसा तिर्न अाउनु (विज्ञप्ती सहित)

Thursday, January 26, 2017 National Power

विद्युत् चोरीको अनुसन्धानका क्रममा प्राधिकरणका केही कर्मचारीहरु पक्राउ परेपछि र केही सरूवाकाे विराेधमा अान्दाेलनमा उत्रिएपछि  विद्युत् प्राधिकरणाले विज्ञप्ति जारी गर्दै इमान्दारितापूर्वक काम गर्ने कर्मचारीहरुलाई प्राधिकरणले भेदभावरहित ढंगले दक्षता र क्षमताको आधारमा काम गर्ने वातावरण तय गर्ने बताएको हो ।

व्यवसायीसँगको मिलेमतोमा उल्टो मिटर घुमाएर ठगी गरेको आरोपमा प्रहरीले १५ जना कर्मचारी पक्राउ परेका छन् । विद्युत चोरीको जालो भत्काउन प्राधिकरणले २५ सयभन्दा बढी कर्मचारी सरुवा गरिएको थियो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जारी गरेको विज्ञप्तिमा कसुरजन्य क्रियाकलापमा संलग्न कर्मचारीहरुमाथि भने कारवाही गर्ने प्रतिबद्धता दोहोराएका छन् ।

त्यस्तै वितरण र ग्राहक सेवा निर्देशनालय अन्तरगतका सहायक स्तरका कर्मचारीहरुको सरुवको विषयमा विभिन्न सञ्चार माध्यममा आएको टिप्पणीप्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

विनियमावलीमा भएको व्यवस्था अनुरुप नै कर्मचारीहरुको सरुवा गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

यता, मिटर रिडरहरु पक्राउ पर्न थालेपछि कर्मचारीहरु कार्यालयबाट गयल हुन थालेका छन् ।

यसरी कर्मचारीहरु भाग्न थालेपछि घरमा मिटर रिडर नआए प्राधिकरणले ग्राहक आफैले मिटरको अंक टिपेर महसुस बुझाउन आग्रह समेत गरेको छ ।