Friday 19th April 2024

    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै

भारत भ्रमणमा इंल्याण्डकाे दाेश्राे जीत, ३ म्याचकाे टि ट्वान्टी सिरिजमा १–० अघि

Thursday, January 26, 2017 National Power

इंग्ल्यान्डविरुद्धको पहिलो टि – ट्वान्टी क्रिकेटमा घरेलु टोलि भारत पराजित भएको छ । बिहिबार कानपुरमा भएको पहिलो टि – ट्वान्टी क्रिकेटमा भारत इंग्ल्यान्डसंग ७ विकेटले पराजित भएको हो ।

ग्रीन पार्क क्रिकेट मैदानमा भारतले दिएको १४८ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । जितसंगै इंग्ल्यान्डले घरेलु टोलिबिरुद्धको तीन खेलको टि ट्वान्टी सिरिज १ – ० ले अग्रता बनाएको छ । दोस्रो टि – ट्वान्टी आगामी आइतबार नागपुरमा हुनेछ । भारत भ्रमणमा रहेको इंग्ल्यान्डले यसअघि घरेलु टोलीबिरुद्धको टेष्ट र एक दिवसीय सिरिज गुमाएको थियो ।

भारतले दिएको मध्यम लक्ष्य सहजै पुरा गर्ने क्रममा इंग्ल्यान्डका इयान मोर्गनले अर्धसतकीय पारी खेले  । मोर्गनले ३८ बलको सामना गर्दै ५१ रन बनाए । यस्तै जोय रुटले अविजित ४६ रन बनाए । त्यस्तै इंग्ल्यान्डका साम विलिङसले २२ तथा जासन रोयले १९ रङ जोडे । भारतका युजभेन्द्र चाहलले दुइ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १४७  रनको योगफल तयार गरेको थियो । भारतका लागि महेन्द्र सिहं धोनीले अविजित ३६ तथा सुरेश रैनाले ३४ रन बनाए । कप्तान विराट कोहलीले २९ रन जोड्दा युवराज सिहंले १२ रनको योगदान दिए । इंग्ल्यान्डका मोइन अलीले २ विकेट लिए ।