Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

वार्नरलाइ राेक्न नसक्दा पकिस्तानकाे अर्काे हार, सिरिज ४–१ ले अष्ट्रेलियाकाे पक्षमा

Thursday, January 26, 2017 National Power

काठमाडौं । डेभिड वार्नर र टार्भिस हेडले शतकीय पारी खेलेपछि घरेलु टोली अष्ट्रेलियाले पाचौ तथा अन्तिम एक दिवसीय क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको छ । एड्लेडमा बिहीबार भएको अन्तिम एक दिवसीयमा वार्नर र टार्भिसको शतक मद्दतमा अष्ट्रेलियाले पाकिस्तानलाई ५७ रनले पराजित गरेको हो ।

एड्लेड क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको ३७० रनको लक्ष्य पछ्याएको पाकिस्तान ४९ ओभर १ बलमा अलआउट हुँदै ३१२ रनमा समेटियो । पाकिस्तान विरुद्धको पाँच खेलको एकदिवसीय यसअघि नै जितेको अष्ट्रेलियाले अन्तिम एक दिवसीय जितेसंगै सिरिज ४ – १ ले आफ्नो पक्षमा बनायो ।  अष्ट्रेलिया भ्रमणमा रहेको पाकिस्तानले यसअघि तीन खेलको टेष्ट म्याच सिरिज गुमाएको थियो  ।

अष्ट्रेलियाले प्रस्तुत गरेको उच्च योगफल पछ्याउने क्रममा पाकिस्तानका बाबर अजमले शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् । जोस हाजलवुडको बलमा आउट हुनुअघि अजमले १०९ बलको सामना गर्दै १०० रन बनाए ।

त्यस्तै पाकिस्तानका शार्जिल खानले ७९ रन बनाउदा उमर अकमल ४६ रन बनाए  । उसका शोएब मल्लिक १० रनमा रिटायर्ड हर्ट भए । अष्ट्रेलियाका मिथेल स्टार्कले ४ तथा पाट कुमिन्सले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले वार्नर र टार्भिसको शतक मद्दतमा निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाएर ३६९ रनको विशाल योगफल तयार गरेको थियो । अष्ट्रेलियाको उच्च योगफलमा वार्नरले १७९ रनको शतकीय पारी खेले ।

वार्नरले १२८ बलको सामना गर्दै १९ चौका र ५ छक्का प्रहार गरेका थिए । वार्नरको यो नवौ एकदिवसीय शतक हो । वार्नरले पाकिस्तानविरुद्धको चौथो एक दिवसीयमा पनि बनाएका थिए ।
त्यस्तै १३७ बलको सामना गर्दै टार्भिस हेडले १२८ रनको शतकीय पारी खेले ।

अष्ट्रेलियाका कप्तान स्टेफेन स्मिथ ४ तथा ग्लेन म्याक्सवेलले १३ रनमा आउट भए जेम्स फल्कनर १८ रनमा अविजित रहे । पाकिस्तानका हसन अली र जुनेद खानले समान दुई दुई विकेट लिए ।