Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

सन् २०१२ पछि पहिलाे पटक ग्राण्डस्लामकाे फाइनलमा फेडेरर

Thursday, January 26, 2017 National Power

काठमाडौं । स्विस खेलाडी रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाइनलमा आफ्नै देशका स्टान वारिन्कालाई पराजित गर्दै फेडेरर बर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका हुन्  ।

फेडेरर सन् २०१२ पछि पहिलाे पटक ग्राण्डस्लाम प्रतियाेगिताकाे फाइनलमा प्रवेश गरेका हुन् । मेलबर्न पार्कको कोर्टमा भएको खेलमा ३५ बर्षिय फेडेररले तेस्रो बरियता प्राप्त वारिन्कालाई ७–५ ६–३ १– ६ ४– ६ र ६ – ३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए ।

१७ पटकको ग्रान्डस्लाम विजेता फेडरर वारिन्कालाई पराजित गर्न ३ घण्टा ५ मिनेटको समय खर्चिए । फेडेरर सन् २०१० पछि पहिलो पटक अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा पुगेका हुन् ।

४ पटकको अष्ट्रेलियन ओपन बिजेता फेडेररको २८ औ ग्राण्डस्लाम फाइनल हो । यस्तै फेडरर ग्राण्डस्लाम टेनिसको फाइनलमा पुग्ने दोस्रो पाका खेलाडी बने । यसअघि सन् १९७४ मा केन रोजवालले ३९ बर्षको उमेरमा युएस ओपनको फाइनलमा पुगेका थिए ।

अब फाइनलमा फेडेररले नवांै बरियताका स्पेनिस राफायल नाडाल र १५ औं बरियताका बुल्गेरियाका ग्रिगोर दिमित्रोभबिचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछन । महिला तर्फको उपाधि भिडन्त भने अमेरिकन दिदीबहिनी सेरेना र भेनस विलियम्सबीच हुने छ ।